Advertisement

‘वार २’मा सँगै देखिँदै ऋतिक रोशन र जुनियर एनटीआर

0 12

Advertisement

०९ जेठ, काठमाडौं । बलिउड र टलिउडका दुई सुपरस्टार ऋतिक रोशन र जुनियर एनटीआर एकसाथ देखिने भएका छन्।

‘वार २’ मा ऋतिक रोशन र एनटीआर आफैंले यो फिल्मबारे संकेत दिएका छन्। हालै ऋतिक रोशनले जुनियर एनटीआरलाई जन्मदिनको शुभकामना दिँदै ट्वीट गरेका थिए, जसले दुवै एक अर्कासँग ‘वार २’ मा काम गरिरहेको स्पष्ट पारेको छ।

रिपोर्टका अनुसार ऋतिक रोशन र जुनियर एनटीआर स्टारर फिल्म ‘वार २’ २५ वर्ष २०२५ मा रिलिज हुनेछ। यो फिल्म हाई एक्सन ड्रामाले भरिपूर्ण बन्न गएको छ।

यशराज फिल्म्सले फिल्म ‘वार २’ बनाइरहेको छ। यो फिल्म आदित्य चोपडाको स्पाइ युनिभर्सको अर्को फिल्म हुनेछ। जसमा साउथका सुपरस्टार जुनियर एनटीआरसँग ऋतिक रोशनको जबरदस्त लडाइँ देख्न सकिनेछ। तर, जुनियर एनटीआर फिल्ममा रहेकोमा सस्पेन्स भने कायमै छ।

निर्देशक अयान मुखर्जीले ‘वार २’ बनाइरहेका छन्। ‘वार’ निर्देशक सिद्धार्थ आनन्दले फिल्मलाई लिड गर्ने छैनन्। हाल उनी ऋतिक रोशन र दीपिका पादुकोणसँग आफ्नो फिल्म ‘फाइटर’ पूरा गर्दैछन्।

यसपछि उनले शाहरुख खान र सलमान खानको ‘टाइगर भर्सेस पठान’ पूरा गर्नेछन्। जहाँ निर्देशक अयान मुखर्जीले ‘वार २’ निर्देशन गरेपछि अब आफ्नो फिल्म ‘ब्रह्मास्त्र २ र ३’ सुरु गर्ने भएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.