Advertisement

थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

0 10

Advertisement

०९ जेठ, काठमाडाैं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बासिन्दाका लागि निष्काशन गरेको आइपीओमा आज मंगलबारसम्म मात्र आवेदन दिन पाउने छन् । कम्पनीले बैशाख ११ गतेदेखि आइपीओ निष्काशन गरेको थियो ।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका १२ लाख ३१ हजार २५० कित्ता साधारण सेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

जसमध्ये १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।

आयोजना प्रभावित क्षेत्रमा बासिन्दाका लागि जारी हुने आईपीओमा खोटाङ जिल्लाको प्रभावित क्षेत्र हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गा.वि.स.) र दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं। १ देखि ७ (साविकको याम्खा, डाडागाँउ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गा।वि।स।) का स्थानिय वासिन्दाले आवेदन दिन पाउनेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले न्यूनतम १० देखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन पाउनेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ’इक्रा एनपी इस्यूअर रेटिङ्ग बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.