सामाजिक सञ्जालमा ‘यात्री’ काे माेटरसाइकल भाइरल, परीक्षणका क्रममा ‘च्यासिस’ भाँच्चिएको कम्पनीको स्पष्टीकरण

0 9

०९ जेठ, काठमाडौँ । यात्री मोटरसाइकलको एउटा फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । फोटोमा मोटरसाइकल गुड्दागुड्दै ‘च्यासिस’ भाँचिएको भनेर सञ्जाल तातेको छ ।

उक्त फोटो हालको नभई परीक्षण समयको रहेको कम्पनीले स्पष्टीकरण दिएको छ। कम्पनीले सोमबार दिउँसो एक फेसबुक पोष्टमार्फत जरुरी सूचना जारी गर्दै भनेको छ, “परिस्थितिको सन्दर्भ बिना नै इन्टरनेटमा तैरिरहेका ‘च्यासिस’ का केही तस्बिरहरू छन्। पुनरावृत्ति र नयाँ डिजाइनको एक भागको रूपमा, हामी यात्रीमा लगातार नयाँ भागहरू र प्रणालीहरूको परीक्षण गर्छौं। जस्तै, आन्तरिक परीक्षण कार्यक्रमको एक भागको रूपमा, हाम्रो परीक्षण इन्जिनियरले प्रमाणीकरण उद्देश्यको लागि नयाँ च्यासिस पुनरावृत्ति परीक्षण गरिरहेको थियो जुन यति राम्रोसँग समाप्त भएन। हामी आशा गर्दछौँ कि यसले कुनै पनि भ्रम र सरोकारहरू हटाउन मद्दत गर्दछ र कृपया यो जानकारी जसलाई सान्दर्भिक हुन सक्छ सेयर गर्नुहोस् ।”

लामो समयसम्म दर्ता प्रकियामा विवाद आएपछि प्रधानमन्त्रीकाे निर्देशनमा कार्यविधि संशोधन गरेर केही समय अघिबाट यसकाे दर्ता प्रकिया सुरु भएकाे थियाे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.