Advertisement

किनकी तिमी अमेरिका हौ ।

0 6,147

Advertisement

जगदिश्वर थापा

०६ जेठ, काठमाडाैं ।

म अमेरिकामा नभएको कारणले,
केवल यहिँ कहीँबाट सम्झेर मुर्मुरिन्छु
आफ्नै पिँढिमा बसेर त्यतै हुइकिएका
विमानहरूको उडानमा कल्पित हुन्छु ।

मलाइ बस्नु त छँदै छैन यता
पसिनाले त्यतैको माटो भिजाउनु छ
इतिहासका गर्वलाइ ह्याकुलामुनी दबाएर
त्यतैका वीर सैनिक र हतियार रिझाउनु छ ।

आफ्नो भाषा, सांस्कृतिक धन आफैं
चोरेर ल्याउला, त्यतैको नग्न सागरमा बगाउँला
आफूलाई त्यतै खोजेर आफैलाइ धोका दिउला बरू।

मेरो अस्वस्थत दुःखमा मनमनै
मज्जा मान्दै गाली गरूला बरू
तर, मैले जाने, मैले देखेँ अनुभव गरेँ,
अमेरिका खोज्ने सपनाहरू तिम्रा मित्र हैनन्।

फेरि कसरी पाल्दैछौ अदृश्य शत्रुलाइ आफ्नै काखमा
तिम्रो क्रूरताका कारणले मेरो हृदय भेदिन्छ
तर पनि चिट्ठा र प्रमाणपत्रका पछि लगेर छोडिन्छन्
म आफु, मेरा आफन्त अनि मेरा सन्ततीहरू ।

धेरै वर्षदेखि मलाई यस्तो भान् भएको छ,
अमेरिका नगएर म हराइन्छु बिलाइन्छु
मेरा देशको माटोमा, हिमाल तराइ र पहाडका कन्दरामा,
हाम्रो संस्कृति, साहित्य त सन्ध्याकाल मै छुट्यो,
चर्चको उदार दास्तानमा घन्टीका धुनहरू बज्यो ।

योग्यताले दिएन अब ब्राम्हण, क्षत्रिय, वैश्य र शूद्र बन्न,
अब त्यतैको माया, भोग, आनन्दमा
एउटा नयाँ जात देउ मलाइ, रिन झैं भारमा
लैजाउ मलाइ बस्नु छैन मलाइ, लुकाउनु छ सबै ।

दुख भूल्ने बहानामा मलाइ अस्तित्व लुकाउनुपर्यो
बरू दाश बनाएर राख धनको अमिट लालच चटाएर
अहिले नि म अमेरिका नै छु म आफ्नै घरमा
जलेको सागरमा पौडिएर आणविक आँधिभित्रै बिलाउँला
तिमीलाइ घिन मान्दै तिमीतिरै आउँला म
बरू चुपचाप रहुँला, झुठो मुस्कान लिएर बसुँला
किनकि तिमी अमेरिका हौ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.