Advertisement

भारतीय महिला आरोहीको लुक्लामा मृत्यु, सगरमाथा आरोहणमा मृत्यु हुनेको संख्या ७ पुग्यो

0 26

Advertisement

०४ जेठ, काठमाडौं । सगरमाथा आरोहणका लागि प्रयासरत भारतीय महिला पर्वतारोहीको लुक्लामा मृत्यु भएको छ। ग्लेसियर हिमालय ट्रेक्सका प्रबन्ध निर्देशक डा डेन्डी शेर्पाका अनुसार भारतीय नागरिक सुजेन लियोपोल्डिना जिससको लुक्लास्थित अस्पतालमा उपचारका क्रममा बिहान ५:१३ बजे मृत्यु भएको हो।

भारतीय राज्य महाराष्ट्रको मुम्बई निवासी ५९ वर्षीया लियोपोल्डिना ६ दिनदेखि बिरामी थिइन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सगरमाथा आधारशिविरबाट हेलिकोप्टरमार्फत् लुक्ला ल्याइएको थियो। लुक्ला अस्पतालमा उपचार चलिरहँदा उनको मृत्यु भएको हो।

मुटुसम्बन्धी समस्यका कारण पेसमेकर राखेकी उनी जसरी पनि सगरमाथा आरोहण गर्न चाहन्थिन्। तर सरकारी अधिकारी, प्रहरी र आरोहण व्यवस्थापन गरिरहेको एजेन्सीको सल्लाहमा उनलाई उपचारका लागि लुक्ला ल्याउने निर्णय भएको थियो।

उनले सगरमाथा आधारशिविरसम्मको ट्रेक यसअघि गत वर्ष (मे २०२२) मा पनि पूरा गरेकी थिइन्।

लियोपोल्डिना महाराष्ट्रको सिल्वासाको सरकारी प्राथमिक विद्यालयको प्राध्यानाध्यपक हुन्। सगरमाथा आरोहणका लागि बेसक्याम्प पुगेपछि उनले केही दिन अगाडि मात्रै सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘नेपालमा… जब ढुङ्गाको मुटु हुन्छ। तर मुटु ढुङ्गा हुन्छ।’

मृतकको संख्या ७ पुग्यो

यो सिजनामा सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेको संख्या ७ पुगेको छ। जसमध्ये ४ जना नेपाली छन्। ४ जना शेर्पा आरोहीको मृत्यु भएको हो।

यस्तै, एक जना अमेरिकी डाक्टर र मोल्डोभाका आरोहीको मृत्यु भएको छ। भारतीय महिला आरोहीले ज्यान गुमाएपछि मृत्यु हुनेको संख्या ७ पुगेको हो।

यो सिजनमा सगरमाथा आरोहणका लागि ४७८ जनाले अनुमति लिएका छन्। तीमध्ये ३७६ जना पुरुष र १०२ जना महिला छन्। सगरमाथा आरोहणका लागि चिनियाँ ९७ जना, अमेरिकी ८९ जना, भारतीय ४० जना, क्यानडेली २१ जना र रुसी २० जनाले अनुमति लिएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.