Advertisement

कामीरिता २७ औं पटक सगरमाथा शिखरमा

0 32

Advertisement

३ जेठ, काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।

सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईँले दिएको जानकारी अनुसार शेर्पा आज बुधबार बिहान साढे ८ बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । ‘एक जना विदेशी क्लाइन्टलाई लिएर उहाँ आज बिहान सगरमाथा शिखरमा पुग्नुभएको छ,’ उनले भने ।

यसअघि २६ पटक सगरमाथाको सफल आरोहण गरिसकेका कामीरिताले फेरि सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका हुन् ।

आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेका छन् । उनीहरु दुवैले पर्वतारोहणबाट यसअघि नै सन्यास लिइसकेका छन् ।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पा १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.