Advertisement

ईङवा हाइड्रोपावर आईपीओ बाडँफाँड, कतिले पाए सेयर ?

0 13

Advertisement

२७ बैशाख, काठमाडाैं । ईङवा हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको आईपीओमा मागभन्दा उच्च आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट सेयर बाँडफाँड भएको हो ।

कम्पनीेले बैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा सर्वसाधारण लगानीकर्ताले १२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता सेयरको लागि आवेदन दिएका थिए ।

त्यसमध्ये ४ हजार २८ जनाको आवेदन रद्ध गरिएको छ भने ११ लाख ९९ हजार ९६७ को मात्रै योग्य आवेदन परेको छ । कम्पनीको आइपीओ न्युनतम १० र अभिकतम ११ दरले कित्ताको दरले बाडँफाँड गरिएको छ जसमा १ लाख २६ हजार ८६३ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँड गरी बाँकी रहने नौ कित्ता सेयर गोलाप्रथाबाट पुनः ९ जनालाई थप १।१ कित्ताका दरले बिक्री गरिएको छ । यस आधारमा २६ हजार ८६३ जनाले १० कित्ताका दरले र ९ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो । सोमा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँड नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन ल्याएको थियो ।

जसमध्ये पनि १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ भने २९ हजार ८६३ कित्ता सेयर कर्मचारीहरुलाई र ७४ हजार ६५८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । बाँकी रहेको १२ लाख ६८ हजार ६३९ कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण भएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.