एम्बुलेन्स सञ्चालकलाई अनुमति लिन र नवीकरण गर्न मन्त्रालयको निर्देशन

0 16

२० वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सञ्चालनका लागि अनिवार्य अनुमति लिन र नवीकरण गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै हालसम्म अनुमति नलिएका तथा नवीकरण नगरेका सञ्चालकलाई ३५ दिनभित्र मापदण्डमा आउन निर्देशन दिएको हो ।

तोकिएको अवधिमा मापदण्ड अनुरुप नगर्ने सञ्चालकलाई जनस्वास्थ्य ऐन २०७५ बमोजिम कारबाही गरिने पनि मन्त्रालयले चेतावनी दिएको छ ।

एम्बुलेन्स सञ्चालन निर्देशिका २०७८ को दफा ७ मा एम्बुलेन्स सञ्चालनका लागि अनुमति लिनुपर्ने र दुई–दुई वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.