Advertisement

चितवन २ मा कांग्रेस- एमाले पहिलाभन्दा खुम्चिए

0 27

Advertisement

१२ बैशाख, चितवन । प्रतिनिधिसभा सदस्यका लागि चितवन-२ मा उम्मेदवारी दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का उम्मेदवार रवि लामिछाने विजयी हुने अनुमान धेरैले गरेका थिए । अघिल्लो निर्वाचनभन्दा उपनिर्वाचनमा उनले कति मतान्तरले जित्छन् भन्ने बहस मात्र चोकचोकमा भइरहन्थ्यो ।

मंसिर ४ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत पाएका थिए । उनले उपनिर्वाचनमा ४ हजार ८ सय ७६ मत बढाएका छन् । यस पटक ५४ हजार १ सय ७६ मत ल्याएर उनी विजयी भए । कांग्रेस-एमालेको मत पहिलाभन्दा घटेको छ । दुवै दलले झन्डै ३ हजार ८ सय मत गुमाएका छन् ।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलेभन्दा अहिले जितनारायण श्रेष्ठले ३ हजार ७ सय ७४ कम मत पाए । कांग्रेसको मात्र होइन, एमालेको मत पनि उस्तै घटेको छ । अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखेलले १४ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए ।

तर अहिले एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले पोख्रेलले भन्दा ३ हजार ७ सय ८६ मत कम पाए । आजको नागरिक दैनिकमा समाचार छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.