Advertisement

उपेन्द्र यादव ४ हजारभन्दा बढी मत अन्तरले अगाडि

0 14

Advertisement

१२ वैशाख, काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन् ।

करैयामाई र सुवर्ण गाउँपालिकाको मत गणना सकिंदा यादव ४ हजार ४ सयभन्दा बढी मत अन्तरले अगाडि छन् । यादवले १२ हजार ११९ मत पाउँदा उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ७ हजार ६९३ मत पाएका छन् । यादव र कुशवाहबीचको मतअन्तर ४ हजार ४२६ छ ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ३२८ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेश खरेलले १९४१ मत पाएका छन् ।

प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण कुमार ज्ञवालीले ६२० मत पाएका छन् ।

अहिले गढीमाई नगरपालिका र पचरौता नगरपालिकाको मतगणना जारी छ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जसपाका उम्मेदवार राम सहाय प्रसाद यादव निर्वाचित भएका थिए । उनी उपराष्ट्रपति बनेपछि रिक्त भएको सांसद पदपूर्तिका लागि वैशाख १० गते उपनिर्वाचन भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.