Advertisement

मर्जरपछि हिमालयन एभरेष्टको साधारणसभा

0 13

Advertisement

३० चैत्र, काठमाडौं । मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले पहिलो २९औँ वार्षिक साधारणसभा राजधानीमा सम्पन्न गरेको छ । मर्जरपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ३० करोड रुपैयाँ पुगेको छ भने अझै २० करोड रुपैयाँ थप गरी पुँजी दुई अर्ब ५० करोड पुर्‍याउनुपर्नेछ ।

गत साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गरेको कम्पनीले निर्विरोधरूपमा सञ्चालक समिति चयन गरेको छ भने सर्वसाधारण सेयरधनीतर्फबाट अजयरत्न स्थापित र हेमराज थापालाई सञ्चालकमा चयन गरेको छ ।

संस्थापक सेयरधनीमा महेन्द्रकृष्ण श्रेष्ठ, विजितकृष्ण श्रेष्ठ र भारती पाण्डे चयन भएका छन् । साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयर लगानीकर्तालाई चुक्ता पुँजीको २.७५ प्रतिशत बोनस सेयर पनि पारित गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.