Advertisement

एनआरएनएको कार्यकारी अध्यक्षमा बद्री केसी

0 48

Advertisement

२६ चैत्र, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण गरेको छ । एक वर्षअघि भएको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएकोमा महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रबार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा. बद्री केसीलाई शुक्रबार कार्यभार हस्तान्तरण गर्नुभएको हो ।

यसअघि अर्का अध्यक्ष कुल आचार्यले छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो । कार्यकारी अध्यक्ष डा. केसीले छ महिना कार्यभार सम्हालेसँगै सो अवधिमा ११औँ महाधिवेशन पनि गर्नुपर्ने तालिका रहेको छ ।

अध्यक्ष थापाले विगत छ महिनामा भए गरेका कामबारे अवगत गराउनुभएको थियो भने अध्यक्ष आचार्यले सहमतिअनुसार आगामी ११औँ महाधिवेशन एकताको महाधिवेशन हुने बताउनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष भवन भट्ट, पदाधिकारी तथा पूर्वपदाधिकारीको उपस्थिति रहेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.