Advertisement

ए डिभिजन लिग: मनाङ मर्स्याङ्दी र फ्रेन्ड तथा खुमलटार र जावलाखेलबीच प्रतिस्पर्धा हुँदै

0 35

Advertisement

२४ चैत, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजनअन्तर्गत आज (शुक्रबार) २ वटा खेल हुँदैछन्। एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ।

च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। छैटौं चरणको अन्तिम खेलअन्तर्गत रहेको मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ।

५ खेलबाट ११ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा रहेको मनाङ आज चौथो जितको खोजीमा हुनेछ। ४ अंक जोडेर १२औं स्थानमा रहेको फ्रेन्ड्स भने दोस्रो जितको खोजीमा हुनेछ।

एन्फा कम्प्लेक्समा हुने खेलामा एफसी खुमलटार र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ। लिगको सातौं चरणअन्तर्गत रहेका २ टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ।

६ खेलबाट ६ अंक जोडेर ११औं स्थानमा रहेको खुमलटार तेस्रो जितको खोजीमा हुनेछ। ६ खेलबाट १३ अंक जोडेर शीर्ष स्थानमा रहेको जावलाखेल भने पाँचौं जितको खोजीमा हुनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.