जर्मनीले दियो युक्रेनलाई लियोपार्ड–२ ट्यांक

0 12

१४ चैत, एजेन्सी । जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्यांक प्रदान गरेको छ। युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड–२ ट्यांकको पहिलो खेप किएभ पठाइएको रक्षा मन्त्रालयले जनाएको छ।

युक्रेनी टोलीलाई लियोपार्ड–२ ट्यांक प्रयोग र सञ्चालनको प्रशिक्षण दिएपछि पहिलो खेपमा १८ वटा अत्याधुनिक युद्ध ट्यांक पठाइएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताएका छन्। गत जनवरीमा जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्यांक प्रदान गर्ने आश्वासन दिएको थियो।

‘हाम्रा युक्रेनी साथीहरूले ट्यांक प्राप्त गुर्नभएको छ, लामो समयसम्म हाम्रो सेनाले युक्रेनी पक्षलाई ट्यांक प्रयोग र सञ्चालनको प्रशिक्षण दिएको थियो,’ रक्षामन्त्री पिस्टोयिसले भनेका छन्।

किएभबाट प्राप्त समाचारअनुसार बेलायतले प्रदान गरेका च्यालेञ्जर–२ ट्यांक पनि युक्रेन पुगेका छन्। गत वर्ष रुसले आफूमाथि आक्रमण गरेपछि युक्रेनले आफ्ना समर्थक मुलुकसँग थप आधुनिक सवारी साधन र हतियार माग गर्दै आएको थियो।

बेलायतबाट आफूलाई लियोपार्ड–२ प्राप्त भएको सम्बन्धमा किएभले कुनै जानकारी नदिए पनि च्यालेञ्जर–२ ट्यांक प्राप्त गरेको पुष्टि गरेको छ।

बेलायतको रक्षा मन्त्रालयका प्रवक्ता इरिना जोलोटारले च्यालेञ्जर–२ ट्यांक युक्रेन पुगेका जानकारी दिँदै युक्रेनी सैन्य टोलीले ट्यांक सञ्चालनको तालिम बेलायतमा लिएको बताएका छन्। यद्यपि, उनले लियोपार्ड–२ बारे कुनै जानकारी दिएनन्।

RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10001 milliseconds with 0 bytes received



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.