Advertisement

मन्त्रालय टुंगिएको केही घन्टामा मन्त्रीको नाम दिन्छौं : एकीकृत समाजवादी

0 14

Advertisement

१४ चैत, काठमाडौं । एकीकृत समाजवादीले कम्तिमा ३ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । मंगलबार बसेको सचिवालय बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको थियो ।

बैठकमा नेताहरुले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलबारे जानकारी गराएका थिए ।

बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले सिट बाँडफाँट टुंगो लागिनसकेकाले मन्त्रीहरुको नाम टुंगो नलागेको बताए । ‘जति चाँडो नाम माग्नुहुन्छ, त्यति चाँडो बैठक बसेर नामहरु दिने छौं’, उनले भने, कम्तिमा ३ पाउनुप¥यो भन्ने हाम्रो दाबी छ, मन्त्रालयको टुंगो लागेको केही घण्टामा नाम दिन्छौं ।’

बैठकले केदार न्यौपाने र चुडामणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको छ ।

एकीकृत समाजवादीले मिटरब्याजीविरुद्ध काठमाडौंमा भइरहेको आन्दोलनप्रति समर्थन जनाएको छ र उनीहरुको माग तत्काल पुरा गर्न माग गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.