सात दिनभित्रै सवारी लाइसेन्स दिने व्यवस्था गर्दैछौंः उपप्रधानमन्त्री श्रेष्ठ

0 12

१३ चैत, काठमाडाैं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधिकतम ७ दिनभित्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने व्यवस्था गर्न लागिएको बताएका छन् ।

मन्त्रालय सम्हालेको तीन महिना तीन दिनको कार्यप्रगति सार्वजनिक गर्न मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ८ महिनापछि यस्तो व्यवस्था लागू भईसक्ने बताएका हुन् । हाल प्रक्रिया पूरा गरेको एक वर्षसम्म पनि लाइसेन्स पाउने नसक्ने अवस्था छ ।

हाल यातायात व्यवस्था विभागसँग दैनिक ४ हजार मात्रै लाइसेन्स छाप्ने मेसिन रहेको र दैनिक ६ देखि ७ हजार लाइसेन्स छाप्नुपर्ने भएकाले एक साताभित्र लाइसेन्स पाउन ८ महिना लाग्ने उनले बताए । अहिले पनि ८ लाख लाइन्सेन्स छाप्न बाँकी रहेको र दैनिक २ हजार लाइन्सेन्स छाप्न नसकेर ब्याक लकमा बस्ने गरेको उनले जानकारी दिए ।

मन्त्री श्रेष्ठले पत्रकार सम्मेलनमा हाल विभागसँग एउटा मात्रै मेसिन रहेकाले अर्को प्रिन्टिङ मेसिन किन्न टेन्डर भइसकेको बताए । आफूले बाँकी लाइसेन्स छाप्न आउट सोर्स गर्न खोजेपनि सार्वजनिक खरिद ऐन र विगतमा भएका निर्णयहरुका कारण सम्भव नभएको उनले बताए ।

माग अनुसार लाइसेन्स उपलब्ध गराउन नसकी सेवाग्राहीले भोगेको सास्ती, कठिनाईलाई दृष्टीगत गरी छपाई सँग सम्बन्धित स्मार्ट कार्ड, प्रिन्टर खरिद प्रक्रिया लगायतको कार्ययोजना मन्त्रालयले तदारुकताका साथ अगाडि बढाएको उनले बताए । उनका अनुसार १२ लाख स्मार्ट कार्ड आपूर्तिका लागि राष्ट्रिय बोलपत्र माध्यम (आईसीबी) मार्फत छनोट भएको जर्मनी कम्पनी ( म्युहल्बेलर) सँग २०७९ फागुन १० गते सम्झौता भई शीघ्र आपूर्तिको पहल गरिएको छ । यसको साथै कार्ड आपूर्तिमा विद्यमान प्रकारको संकट देखानपरोस् भनेर थप स्मार्ट कार्ड आपूर्ति प्रक्रिया अगाडि बढाउन श्रोत सुनिश्चितताको प्रक्रिया अगाडि बढाईएको सो अवसरमा उनले जनाकारी दिए ।

सवारी चालक अनुमति पत्र छपाई गर्ने मास प्रिन्टर खरिद प्रक्रियामा राष्ट्रिय बोलपत्र माध्यम मार्फत कुनै पनि बोलपत्र प्रस्ताव नभएपछि अन्तर्राष्ट्रिय बोलपत्र माध्यम मार्फत खरिद गर्न पुनः सूचना प्रकाशित गरिएको छ । यस खरिद प्रक्रिया सम्पन्न हुँदा दैनिक छपाई क्षमतामा दोब्बर बृद्दि हुने र स्मार्ट कार्ड र मास प्रिन्टर प्राप्त भए पश्चात ८ महिनामा लाइसेन्स छपाईको सम्पूर्ण समस्या समाधान हुने उनले दाबी गरे ।

प्रदेश सहितका यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयअरुमा अनलाईन भुक्तानी एवं परिमार्जित विद्युतीय सवारी दर्ता प्रणालीको सम्झौता बमोजिमको म्याद म्याद १५ डिसेम्बर २०२३ सम्म थप गरी यातायात व्यवस्था सेवा कार्यालय, बर्दिवासमा परीक्षणको कार्य मन्त्रलालयले अगाडि बढाएको छ । परिक्षण सम्पन्न भए लगत्तै बाँकी १४ कार्यालयमा लागू गर्ने बताइएको छ ।

लाइसेन्स छपाईकोमा देखापरेको समस्याको स्थायी समाधान नभएसम्मको लागि विदेश जाने कामदार एव विद्यार्थी, शान्ति मिसनमा जाने सेना, प्रहरी र डिप्लोम्याटलाई अनलाइन निवेदन दिएको तेस्रो दिनभित्र स्मार्ट कार्ड छपाई गराई विभागको सहायता कक्षबाट उपलब्धता गराइरहेको छ । नयाँ लाइसेन्स र वर्ग थपको हकमा विभाग र सम्बन्धित कार्यालयले परीक्षणकालीन सवारी चालक अनुमति पत्र छपाई गरी उपलब्ध गराईएको छ ।

मन्त्रालयले विद्युतीय सवारी चालक अनुमति पत्र प्रणाली गौर, चितवन, राजविराज, पाल्पा र चौरजहारी गरी थप ५ वटा यातायात व्यवस्था कार्यालय सेवा कार्यालयहरुमा लागू गरेको छ । यो सँगै कुल ३६ वटा कार्यालयहरुमा उक्त प्रणाली लागू भएको छ । कानूनी, क्षेत्राधिकार लगायतका विषयका बाबजुत वागमती प्रदेश सरकार समेतको समन्वयमा सेवाग्राहीले लाइसेन्सको ट्रायल पास गरेको तीन दिन भित्र लाइसेन्स स्वीकृत गर्ने कार्य अगाडि बढाईएको उनले जानकारी दिए । नयाँ लाइसेन्सको अवधि र लाइसेन्स नवीकरण अवधि ५ वर्षबाट १० वर्ष कायम गर्नको लागि सवारी तथा यातायात व्यवस्था ऐन संशोधनको लागि प्रस्ताव गरी पठाईएको र इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीमा मात्र भईरहेकोमा देवनागरी लिपिमा समेत हुने गरी संशोधनको प्रक्रिया अगाडि बढाईएको उनले बताए ।

साथै काठमाण्डौंको नागढुंगा र मुड्खु भन्ज्यांगमा इम्बोस्ड नम्बर पढ्नसक्ने रेडियो फ्रिक्वेन्सी आईडेक्टिफिकेसन गेट निर्माण प्रक्रिया समेत अगाडि बढाइको छ । सवारी चालक अनुमति पत्र वितरणको काम कानून बमोजिम प्रदेश सरकार मातहतका यातायात कार्यालयहरुमा रहे पनि कार्यान्वयन नभएको अवस्थालाई दृष्टिगत गर्दै यातायात क्षेत्रको सेवा प्रवाहलाई सरल सुलभ समयमा नै गर्न आगामी आर्थिक वर्षदेखि लाइसेन्स छपाई, रुट परमिट जस्ता कामलाई सम्बन्धित प्रदेशस्तरबाट सञ्चालन गर्ने गरी कार्य थालनी गरेको मन्त्री श्रेष्ठले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.