Advertisement

राष्ट्र बैंकको निर्देशनपछि नेशनल माइक्रोफाइनान्सले घटायो लाभांश

0 29

Advertisement

१३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घटाएको छ ।

१८ फागुनमा बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई ३४.४५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

लघुवित्तले प्रस्तावित लाभांश स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाएकोमा ८ चैतमा नेपाल राष्ट्र बैंकले लाभांश घटाउन निर्देशन दिएपछि प्रस्तावित लाभांश घटाइएको लघुवित्तले जनाएकोछ ।

लघुवित्तको १२ चैतमा बसेको सञ्चालक समितिको बैंठकले यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गर्दै १५ प्रतिशत मात्रै बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तको संशोधित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.