Advertisement

आदर्शको राजनीति संकटमा पर्‍यो : प्रकाशमान

0 12

Advertisement

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको बताएका छन् ।

सोमबार काठमाडौंमा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले संस्थापक नेताहरुको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको टिप्पणी गरे ।

कार्यक्रममा उनले भने, ‘२०४६ सालसम्म मूल्य मान्यता र आदर्शको रानजीतिमा बढी जोड दलहरुले दिएको हामीले पाएका छौं । तर २०४६ को परिवर्तनपछि, प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावर बेस्ड पोलिटिक्समा रुपान्तरण भएको छ ।

हाम्रा आदरणीय संस्थापक नेताहरुले देखाएको बाटोमा कतिको हामीले ध्यान दिन सकेका छौं, त्यसमा हामी सबैले मनन गर्दा राम्रो हुन्छ ।’

कार्यक्रममा नेता सिंहले संकटको अवस्थामा पनि नविन्द्रराज जोशीसँग मिलेर काठमाडौंमा संगठन विस्तार लगायतका काम गरेको स्मरण गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.