नायिका कंगना रनोट : जोविरुद्ध अदालतमा ७ सय मुद्दा दर्ता छन्
आमाले भन्थिन्-‘मोडलिङ छाड, कसैले तिम्रो ब्लु फिल्म बनाइदिनेछ’
१३ चैत्र, काठमाण्डाै । भारतीय नायिका कंगना रनोट ३६ वर्ष भइन्। रहस्यमयी नायिका कंगनाबारे धेरै कुरा गोप्य नै छन्। तर, उनको जीवनको एउटा तथ्य धेरैलाई थाहा नहुन सक्छ। कंगना एक मात्र भारतीय नायिका हुन् जसका विरुद्ध सिङ्गो भारतका विभिन्न सहर र अदालतमा ७ सयभन्दा बढी मुद्दा दर्ता छन् ।
भारतीय सिने क्षेत्रमा चार राष्ट्रिय अवार्ड जितिसकेकी नायिका हुन् कंगना । उनीभन्दा अघि शबाना आजमीले मात्रै चार राष्ट्रिय अवाड जितेकी छिन् ।
केही समय अघिसम्म कंगनालाई एक शो–पिस नायिकाको रूपमा मात्रै हेर्ने गरिन्थ्यो । कंगनाको अर्को रहस्य पनि छ । उनले कहिल्यै पनि खान हिरो (सलमान, शाहरुख र आमिर खान) सँग काम गरिनन् । शाहरुखसँग जिरो र सलमानसँग सुल्तान फिल्म खेल्ने प्रस्ताव आउँदा उनले दुवै फिल्म अस्वीकार गरिन् ।
अर्को रहस्यमयी कुरा कंगना एक यस्ती नायिका हुन् जसले बलिउडका कुनै पनि ठूला प्रोडक्सन हाउससँग काम गरिरहेकी छैनन् । उनले आफ्नै प्रोडक्सन हाउस बनाएकी छिन् । उनलाई परिवारको एक प्रतिशत पनि साथ र सपोर्ट थिएन, तर पनि परिवारको विरुद्ध गएर फिल्ममा आइन्।
कंगना पहिलो नायिका हुन् जसले नेपोटिजमविरुद्ध बोलिन्। उनको यो कुरा र खरो अभिव्यक्तिले भारतीय फिल्म क्षेत्रमा नयाँ हङ्गामा ल्यायो। करण जोहरदेखि अमिताभ बच्चनसम्म कसैलाई छाडिनन्।
त्यसैले, उनले अरूको ब्यानरमा काम गर्नुको सट्टा आफ्नै प्रोडक्सन हाउस सुरु गरिन् । जसले कंगनालाई नायिका, निर्माता र निर्देशकको पहिचान दिलायो। २०२३ मा कंगनाको निर्देशनमा बनेको फिल्म ‘इमर्जेन्सी’ रिलिज हुनेछ जसमा कंगना आफूलाई पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाउँदै छिन् ।
हिमाचल प्रदेशको मन्डी जिल्लानजिकै भांबलको सामान्य परिवारमा जन्मिएकी कंगनालाई उनका आमा–बुबाले नायिका होइन डाक्टर बनेको देख्न चाहन्थे। तर, उनको मोडल बन्ने सपना थियो। त्यो पूरा गर्न परिवार बाधक थिए । अब उनले की परिवार छाड्नुपर्थ्यो कि मोडलिङ।
मोडल बन्ने कुरा गर्दा मात्रै पनि उनलाई बुबाले नराम्रोसँग कुटपिट गर्दथे । आमाको त झन् खराब शब्दमा गाली सुन्नु पर्दथ्यो । तर, कंगनाले अन्ततः घर छाडेर मोडलिङ गर्न दिल्ली गइन् ।
घर छोडेपछि झन् कंगनाविरुद्ध अनेक आरोप आइलाग्यो। उनकी आमाको विभिन्न टिप्पणी रोकिएन । आमाले उनलाई फोन गरेर भन्थिन्, ‘पापालाई तिम्रो चिन्ताले सताइरहन्छ । राति पनि उहाँ सुत्न सक्नुहुन्न । उहाँलाई केही भयो भने यसको जिम्मेवार तिमी हुनेछौ । त्यहाँ तिम्रो कसैले ब्लु फिल्म बनाइदिनेछ र तिमीलाई थाहा पनि हुने छैन ।’
दिल्ली पुगेपछि भाग्य र मेहनतले उनलाई शीर्ष मोडलिङ एजेन्सीमा काम दिलायो । त्यहाँ केही काम गरेपछि कंगनालाई लाग्यो कि मोडलिङ फिल्ड रचनात्मकता छैन। त्यसपछि उनी थिएटरतिर गइन् ।
उनले अभिनय करियरको सुरुवात अस्मिता थिएटर ग्रुपसँग गरिन् । अभिनयको तालिम चर्चित रङ्गमञ्च निर्देशक अरविन्द गौडसँग लिइन् । जीवनको यो चरणमा पनि कंगनाले धेरै सङ्घर्ष गर्नुपर्यो । परिवारले कुनै आर्थिक सहयोग गर्दैनथ्यो । त्यसै कारण उनले पाउरोटी र अचार खाएर गुजारा गर्नुपरेको थियो ।
कंगना सुरुदेखि नै नायकमा भर पर्न चाहँदैन थिन् । सिमी ग्रेवालसँगको अन्तरवार्तामा उनले भनिन्, ‘म आफूले आफैँलाई यो विश्वास दिलाउन चाहन्थेँ कि फिल्म इन्डस्ट्री पुरुषप्रधान छैन तर म गलत थिएँ । समाजजस्तै यहाँ पनि पुरुष प्रधानता छ’
कंगनाले एकपटक भनेकी थिइन्, ‘म हिरोको साइड किक बन्न चाहन्न । फिल्ममा ठूला हिरो हुँदा तिमी त शो पिस मात्र हुनेछौ ।’ उनले सधैं भन्थिन्–‘शाहरुख, सलमान र आमिर खानसँग त्यतिबेला मात्रै फिल्म गर्नेछु, जब मेरो भूमिका उनीहरूको बराबर हुनेछ।’
सायद, यही कारणले गर्दा कंगनाले फिल्म उद्योगका शीर्ष कलाकार सलमान, शाहरुख र आमिर खानसँग फिल्म गर्न अस्वीकार गरिन् । उनले कुनै पनि खानसँग तब मात्र काम गर्ने बताइन्।जब उनको भूमिका नायकको बराबर हुन्छ। साथै, यो पनि भनेकी थिइन् कि खानसँग फिल्म गर्दा करियरमा कुनै ठूलो वृद्धि देख्न पाइन्छ ?
कंगनाले यो पनि भनिन्, ‘जब मलाई आफ्नो करियरमा ठूलो फिल्मी ब्रेक चाहिएको थियो, त्यति बेला कोही पनि मसँग फिल्म गर्न चाहँदैनथे । आज म सफलताको शिखरमा हुँदा शीर्ष कलाकार पनि मसँग स्क्रिन सेयर गर्न चाहन्छन् ।’
कंगनालाई सलमान खानसँग फिल्म सुल्तानमा काम गर्न अप्रोच गरिएको थियो तर उनले अस्वीकार गरिन् । यस्तै, एक पटक शाहरुखलाई कंगनासँग एउटा फिल्ममा साइन गर्ने कुरा चलिरहेको थियो, तर शाहरुखले उक्त फिल्मको हिस्सा बन्न अस्वीकार गरेका थिए ।
‘मविरुद्ध जम्मा सात सय मुद्दा दर्ता छन्, जसलाई मैले एक्लै सम्हाल्नुपरेको छ’ कंगनाले भनेकी छन्। कंगनाका अनुसार अझै धमाका केही कन्ट्रोभर्सी आगामी फिल्मसँग सम्बन्धित धेरै कुराहरू देख्न बाँकी छ । ‘तर, यी सबै कुरा एकैपटक सम्हाल्ने हिम्मत छ’ उनले भनेकी छन्–‘मेरो मुटु फेरि टुटेको छ।’