Advertisement

पहिलो अन्तर्राष्ट्रिय एसीसी प्रिमियर कपको तयारीमा जुट्यो कागेश्वरी मनाेहरा नगरपालिका, मुलपानी मैदानमा एघार खेल हुने (भिडिय रिपाेर्ट )

0 147

Advertisement

१० चैत,  काठमाडौं । आगामी अप्रिल १८ देखि मे २ सम्म नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक भएको छ ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ए मा परेको छ ।प्रिमियर कपमा एसियाका टेष्ट खेल्नेबाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् । जहाँ १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा र मुलपानी क्रिकेट मैदानमा हुने छन् ।समूह ए मा नेपाल र ओमानसँगै मलेसिया, कतार र साउदी अरेबिया छन् ।यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

उद्घाटन खेल नेपाल र मलेसियाबीच अप्रिल १८ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।नेपालले दोस्रो खेल अप्रिल २१ मा ओमानसँग कीर्तिपुरमै खेल्नेछ र यो नेपालको ५० औं ओडीआई खेल हुनेछ ।

नेपाल र ओमानसहित स्कटल्याण्ड आईसीसी क्रिकेट लिग टू को शीर्ष तीन भित्र रहँदै आगामी जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप क्वालिफायरमा छानिएका छन् । दुवै मैदानमा समूह्य चरणमा १०-१० र एक एक सेमिफाइनल खेल हुनेछ । फाइनल र तेस्रो स्थानको खेल कीर्तिपुरमा  हुनेछ । फाइनल खेल मे १ तारिखमा हुनेछ भने मे २ तारिखलाई रिजर्भ डे राखिएको छ ।

प्रिमियर कपको विजेता एसिया कपमा छनोट हुनेछ भने विजेतासहित शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.