Advertisement

९ भन्सार नाकाबाट निर्यात शुन्य, सबैभन्दा बढी आयात हुनेमा वीरगञ्ज पहिलो स्थानमा

0 14

Advertisement

०९ चैत, काठमाडाैं । देशभर सञ्चालनमा रहेका २७ नाकामध्ये ९ वटा नाकाबाट आठ महिनामा निर्यात शून्य रहेको भन्सार कार्यालयले जनाएको छ । विभागले बिहीबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७८ ७९ को साउनदेखि फागुनसम्मको अवधिमा ९ वटा नाकाबाट निर्यात शून्य भएको देखाएको हो ।

भद्रपुर, जनकपुर, मेची, राजविराज, सिराहा, सुनसरी, तातोपानी, थाडी, त्रिवेनी भन्सार नाकाहरुबाट निर्यात शुन्य भएको हो ।

आठ महिनाको अवधिमा चार नाकाबाट सबैभन्दा बढी निर्यात भएको छ । जसमध्ये सबैभन्दा धेरै विराटनगर नाकाबाट निर्यात भएको छ । बिराटनगरबाट कुल निर्यातको २६ दशमलव ९९ प्रतिशत अर्थात २८ अर्ब २८ करोड २६ लाख ६५ हजार रुपैयाँको निर्यात भएको छ ।

यस्तै सबैभन्दा बढि निर्यात हुनेको दोस्रो स्थानमा वीरगन्ज नाका रहेको छ । वीरगञ्जबाट कुल निर्यातको २४ दशमलव ६१ प्रतिशत अर्थात २५ अर्ब ७८ करोड ६० हजार ३७ रुपैयाँको निर्यात भएको छ ।

यस्तै वीरगन्ज पछि सबैभन्दा बढी निर्यात हुने तेस्रो स्थानमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल रहेको छ । यो नाकाबाट कुल निर्यातको २१ दशमलव ९६ प्रतिशत अर्थात २३ अर्ब १ करोड २१ लाख ४१ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

सबैभन्दा धेरै निर्यात हुने चौथो नाका मेचीबाट आठ महिनाको अवधिमा कुल निर्यातको १३.८५ प्रतिशत अर्थात १४ अर्ब ५१ करोड ८३ लाख ८४ हजार रुपैयाँको निर्यात भएको छ ।

यस्तै पछिल्लो आठ महिनामा पाँच नाकाबाट धेरै आयात भएको छ । सबैभन्दा धेरै आयात हुने नाका वीरगञ्ज हो । उक्त अवधिमा वीरगञ्जबाट ३ खर्ब ९१ अर्ब ३ करोड ९० लाख रुपैयाँको आयात भएको छ । यो कुल आयातको ३६.९५ प्रतिशत हो ।

त्यसैगरी सबैभन्दा बढी आयात हुने नाकाको दोस्रो स्थानमा भैरहवा नाका रहेको छ । भैरहवाबाट १ खर्ब ५२ अर्ब ४१ करोड ३० लाख २३ हजार रुपैयाँको आयात भएको छ । यो कुल आयातको १४ दशमलव ४० प्रतिशत हो ।

भैरहवा पछि सबैभन्दा धेरै आयात हुने अर्को नाका ड्राइपोर्ट हो । डाइपोर्टबाट १ खर्ब ३६ अर्ब २९ करोड १४ लाख ३२ हजार रुपैयाँ बराबारको सामान आयात भएको छ । यो कुल आयातको १२ दशमलव ८८ प्रतिशत हो ।

ड्राइपोर्ट पछि सबैभन्दा धेरै आयात हुने नाका बिराटनगर हो । विराटनगरबाट आठ महिनाको अवधिमा १ खर्ब २४ अर्ब ७५ करोड ७४ लाख ६९ हजार रुपैयाँको वस्तु तथा सामान आयात भएको छ । यो कुल आयातको ११.७९ प्रतिशत हो ।

यस्तै विराटनगर पछी सबैभन्दा बढी आयात हुनेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल रहेको छ । उक्त विमानस्थलबाट आठ महिनाको अवधिमा १ अर्ब ७ खर्ब ७७ करोड ४५ लाख ८५ हजार रुपैयाको वस्तु तथा सामानको आयात भएको छ । यो कुल आयातको १० दशमलव १८ प्रतिशत हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.