Advertisement

एनएमबी बैंकले ६७ हजार संस्थापक सेयर बिक्रीमा ल्याउँदै

0 68

Advertisement

०९ चैत, काठमाडाैं । एनएमबी बैंक लिमिटेडले ६७ हजार ७०६ कित्ता संस्थापक सेयर चैत १६ गतेबाट बिक्रीमा ल्याउने भएको छ ।

बैंकले लिलाम बढाबढ प्रक्रियाद्वारा जयनारायण नेपालको नाममा रहेको १५ हजार ४ सय १ किता सेयर र मान बहादुर फागुको नाममा रहेको ५२ हजार ३०५ कित्ता सेयर यरी कुल ६७ हजार ७०६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्री खुला गर्ने भएको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ तोकिएको छ । सेयर खरिद चाहनेले सो वा सोभन्दा बढी प्रतिस्पर्धात्मक मूल्यमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । १० लाख रुपैयाँभन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ । ५ लाख भन्दा बढी रकमको आवेदन दिने व्यक्तिले अनिवार्य रुपमा आफ्नो स्थायी लेखा नम्बर (PAN) आवेदन फारममा उल्लेख गर्नु पर्ने छ ।

उक्त, सेयर खरीदका लागि शिलबन्दी बोलपत्र चैत २३ गतेसम्म बैंकको सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालय नागपोखरी काठमाण्डौंमा बुझाउनु पर्ने छ । तोकिएको अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र चैत २४ गते बिहान १० बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.