Advertisement

आठ महिनामा १८३ उद्योग दर्ता, एक खर्ब ५५ अर्ब लगानी प्रतिवद्धता

0 33

Advertisement

०७ चैत, काठमाडाैं । चालु आवको आठ महिना अर्थात साउनदेखि फागुन मसान्तसम्म १८३ वटा स्वदेशी तथा विदेशी उद्योगहरु दर्ता भएका छन्।।

उद्योग विभागका अनुसार ती उद्योगहरुले कुल एक खर्ब ५५ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेका छन् । यस अवधिमा ४७ वटा ठूला उद्योग, ५३ वटा मझौला तथा ८३ वटा साना उद्योगहरु दर्ता भएका हुन ।

पछिल्लो ८ महिनाको अवधिमा दर्ता भएका १८३ नयाँ उद्योगले कम्तीमा १२ हजार ७४८ जनालाई रोजगारी प्राप्त हुने विभागले जनाएको छ ।

उद्योग विभागका अनुसार चालु आवको फागुन महिना मात्र १९ स्वदेशी तथा विदेशी उद्योगहरु दर्ता भएका छन् । फागुन महिनामा ३ वटा ठूला उद्योग, ७ वटा मझौला तथा ९ वटा साना उद्योगहरु दर्ता भएका हुन । ती उद्योगहरुले कुल ७ अर्ब ३० करोड रुपैयाँ लगानी प्रस्ताव गरेका छन भने १ हजार ७ सय ११ जनालाई रोजगारी दिने बताईएको छ ।

विभागका अनुसार हालसम्म नेपालमा ८ हजार ९४७ उद्योग दर्ता भएका छन् । यी उद्योगहरुमा कुल २७ खर्ब ८२ अर्ब लगानी प्रस्ताव प्राप्त भएको छ । जसबाट ६ लाख ७० हजार २५५ रोजगारी सृजना हुने विभागले जनाएको छ ।

विभागका अनुसार चालु आवको फागुन मसान्तसम्ममा १५९ स्वदेशी तथा विदेशी उद्योगको कुल २० अर्ब ५६ करोड विदेशी लगानी प्रस्ताव स्वीकार गरिएको छ।

नयाँ व्यवस्थानुसार पाँच करोडभन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुँदैन । न्यूनतम पाँच करोडभन्दा माथि तोकिएका प्रतिबद्धता रकममा वृद्धि भएपनि उद्योगको सङ्ख्यामा भने कमी आएको विभागले जनाएको छ ।

यस्तै यस अवधिमा नेपालमा सेयर पर्चेज एग्रीमेन्ट र एसएसएमार्फत १० अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यस्तो लगानी भने नेपालमा संचालित विदेशी लगानीका कम्पनीहरुमा आउने गर्दछ । यसलाई नयाँ परियोजनाको लगानीमा गणना गरिँदैन ।

यस्तै चालु आवको फागुन मसान्तसम्म नेपालले १ हजार ७ सय ४८ ओटा ट्रेडमार्क, ११ ओटा डिजाईन र ६ ओटा प्याटेन्ट दर्ता गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.