निर्वाचन प्रणाली सुधारका लागि सशक्त कानुन आवश्यक छ– निर्वाचन आयुक्त तुलाधर

0 38

०७ चैत, काठमाडौं । निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन आयोग निर्वाचनप्रणालीको सम्पूर्ण सुधारको प्रक्रियामा रहेको बताएकी छन्।

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आयोग निर्वाचन प्रणालीको सम्पूर्ण सुधार गर्नका लागि काम गरिरहेको बताइन्। उनले निर्वाचनका लागि अझै परिष्कृत तरिकाले अघि बढ्न आयोगले आफ्ना कामहरू गरिरहेको स्पष्ट पारिन्।

उनले निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानुन बनाउन आवश्यक रहेको बताइन्। उनले साइबर अपराधको नियमन र नियन्त्रण गर्न र डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित हस्तक्षेप रोक्न कानुन र प्रविधिको अभाव रहेको बताइन्।

उनले अनुगमन संयन्त्र पर्याप्त नहुँदा पनि धेरै समस्या भोग्नुपरेको उल्लेख गरिन्। उनले द्वेषपूर्ण अभिव्यक्ति निर्वाचनको समयमा मात्रै नभइ अन्य समयमा पनि भइरहने भएकाले त्यसको नियमन हुन आवश्यक रहेको बताइन्।

निर्वाचन आयुक्त तुलाधरले सामाजिक सञ्जालको सही सदुपयोग गरी जनस्तरमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताइन्।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.