Advertisement

भारत र जापानका प्रधानमन्त्रीबीच भेट, इन्डो–प्यासिफिक क्षेत्रमा नयाँ रणनीति अपनाउने घोषणा

0 17

Advertisement

०६ चैत, काठमाडाैं । दुई दिने भारत भ्रमणमा रहेका जापानी प्रधानमन्त्री फुमियो किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जी–७ शिखर सम्मेलनमा निम्तो दिएका छन् । दुवै नेताबीच आज सोमबार दिल्लीको हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।

किशिदाले फ्री एन्ड ओपन इन्डो प्यासिफिक (एफओआईपी) को लागि नयाँ योजना घोषणा गर्ने बताए । उनले भने, ‘हाम्रो बलियो सहयोगी भारतको माटोमा एफओआईपीको नयाँ दृष्टिकोण प्रस्तुत गर्नेछु भन्न पाउँदा मलाई धेरै खुशी लागेको छ ।’

दुवै नेताले अन्तर्राष्ट्रिय समुदायका समस्याका बारेमा कुराकानी गर्नुका साथै जी–७ र जी–२० बीचको साझेदारी बढाउने विषयमा कुराकानी गरेका थिए । किशिदाले भने, ‘भारतसँगको हाम्रो आर्थिक साझेदारीले भारतलाई प्रगति गर्न मात्र मद्दत गर्दैन, यसले जापानको अर्थतन्त्रका लागि धेरै नयाँ अवसरहरू पनि सिर्जना गर्नेछ ।’

दुवै नेताबीच पर्यटन, कार्बन न्यूनीकरणलगायतका विषयमा पनि छलफल भएको थियो । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार प्रधानमन्त्री मोदीले निमन्त्रणा स्वीकार गर्दै किशिदालाई धन्यवाद दिएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.