Advertisement

त्रिविको केन्द्रीय क्याम्पसमा अध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी

0 41

Advertisement

२८ फागुन, काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको लागि त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा विभिन्न पदको लागि प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ५१ गरी ११५ जनाको उम्मेदवारी परेको छ ।

स्ववियु निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि मात्र १४ जनाले उम्मेदवारी दर्ता गरएका छन् । समितिले ४ जना स्वतन्त्र विद्यार्थीले र अनेरास्ववियुको तर्फबाट १ जनाले उम्मेदवारी दिएको जानकारी दिएको छ ।

त्यस्तैगरी क्रान्तिकारी विद्यार्थी आन्दोलनको तर्फबाट, स्वतन्त्र विद्यार्थी समूहबाट, नेविसंघबाट, स्वतन्त्र विद्यार्थी संघबाट, नेपाल विद्यार्थी संघबाट, अखिल क्रान्तिकारीबाट, अनेरास्ववियूबाट, नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट र अखिल (क्रान्तीकारी) संयुक्तबाट गरी १४ जनाले अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गरेका छन् ।

२१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.