Advertisement

नारीको महत्व यस्तो छ

0 86

Advertisement

२४ फागुन, काठमाडौं । मिति २०७९ साल फागुन २४ गते बुधबार चैत्रकष्ण प्रतिपदा तिथी राती ७ : २९ बजेसम्म त्यस उप्रान्त द्वितीया तिथी आरम्भ भएको हुनाले यो दिन नारीदिवस हो।नारीको साव्धिक अर्थ “न”भनेको होइन अथवा छैन।”अरि”भनेको सत्रु।जसको सत्रुछैन।त्यसलाई नारी भनिन्छ।नारिनै शृष्टिको मुहान हो। त्यसैले :“मातृदेवो भव”अर्थात् आमालाई देवता समान मान भनिएकोछ।सर्वप्रथम यो जगतमा शृष्टि स्वायम्भुव मनु र शतरुपाले मैथुन क्रियाबाट दुई छोरा र तीन वटी छोरीहरुको जन्मदिए ।यिनैका संन्तानहरुले विश्व ढाकेको कुरा श्रीमद्भागवत पुराणमा वर्णन पाइन्छ।

”यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता:।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफला: क्रिया:।

-अथर्ववेद “

अर्थात् जसको कुलमा नारीको पूजा,सत्कार हुन्छ ,उसको कुलमा दिव्यगुण ,दिव्यभोग र उत्तम सन्तान हुन्छन।त्यसपछि जसको कुलमा नारीको पूजा हुँदैन उसले गरेको सवैकार्य निष्फलहुने गर्दछ।त्यसैले हरेक शास्त्रहरुले पुरुषभन्दा नारीलाई अग्रस्थानमा राखेको पाइन्छ।

“एकचक्रो रथो यद्वदेकपक्षो यथा खग :/
अभार्योsपि नरस्तद्वदयोग्य :सर्वकर्मसु।

अर्थात् जसरी एक पाङ्ग्रे रथ गुड्न सक्दैन ,एउटा प्वाँख भएको चरा उड्न सक्दैन ,त्यसैगरी एक्लो पुरुषले कुनै कार्य गर्न सक्दैन। जस्तो गृहस्थीको रेखदेख ,बच्चाको पालन – पोषण शिथिल बेलामा उत्साहको संवर्द्धन जुन खुबीले नारीहरु गर्नसक्दछन। त्यो कुरा पुरुषले गर्नसक्दैन।

“पितृभिर्भातृभिश्चैता :पतिभिर्देवरैस्तथा।
पूज्या भूषयितव्याश्च बहुकल्याणमिप्सुभी :”//

अर्थात् पिता ,भ्राता {भाई }पति तथा देवरले आफ्नो भलाई चाहन्छन भने नारीलाई आदर गर्नुपर्दछ र वस्त्र ,आभूषणले सुसज्जित बनाउनु पर्दछ। त्यसैले मातृशक्ति भनेको लक्ष्मीको स्वरुप पनि हो,किनकि घरको लक्ष्मी हो ,गृहको अर्थ घर होइन ,गृहिणीको नाम घर हो।घर चलाउनेलाई गृहिणी भनिन्छ। गृहिणीले जस्तो घर बनायो त्यस्तै बन्दछ। गृहिणी भन्नु ,गृहलक्ष्मी भन्नु एउटै हो।जस्तो नारीहरुमा छ गुण हुन्छन

“गृहेषु मन्त्री ,करणेषु दासी ,भोज्येषु माता ,शयनेषु रम्भा।
धर्मानुकूला क्षमया धरित्री षड्गुण्यमतदधि पतिव्रतानाम्”/

अर्थात् पहिलो घरको खर्च चलाउने भएकीले नारी गृहमन्त्री हुन्छिन ,तिनै नारी दोस्रो अवस्थामा जूठो भाँडो ,चुल्हो – चौका लिपपोत आदि कार्यमा कुशल भएकीले दासी हुन्छिन।तिनै नारी तेस्रो अवस्थामा घरपरिवारका सदस्यहरुलाई कसलाई कुन तरिकाले भोजन दिने र छोरा – छोरी प्रति वात्सल्यभाव देखाउने भएकीले माता हुन्छिन। तिनै नारी चौथो अवस्थामा पतिपारायण भएर शयन अवस्थामा रम्भा नामकी अप्सराले दिने आनन्द उनले दिने भएकीले रम्भा समान हुन्छिन। \

तिनै नारी पाचौं अवस्थामा धर्म ,कर्म ,पूज़ा – आजा गर्न पुरुषभन्दा धेरै नै क्रियाशीलभई धर्मानुकूल कार्य गर्ने भएकीले ति नारी धर्ति समान हुन्छिन। तिनै नारी छैटौँ अवस्थामा विश्वमोहिनी ,शक्तिस्वरुपा, प्रकृतिस्वरुपा, अनन्तकोटी ब्रह्माण्डकी संचालीका हुन्छिन। त्यसैले नारीको गुणगान पूजा सम्मान जति गरेपनि थोरै नै हुन्छ। वैदिक कालमा नारी आमाहरुलाई पूर्ण पूजा सम्मान गरेको पाइन्छ। “अहल्या द्रौपदी तारा कुन्ती मन्दोदरि तथा। पञ्चकन्या स्मरेन्नित्यं महापातकनाशनम्”अर्थ अहल्या, द्रौपती, तारा, कुन्ती, मन्दोदरि यी पाँच कन्यालाई जसले नित्य सम्झन्छ भने त्यसको महापतक नाश हुन्छ। यी नारीहरुले आफुले जे चितायो त्यहि गर्न सक्दथे। त्यसैले नारीहरुको बारेमा जति लेखेपनि अपुरो हुने गर्दछ।
पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.