२२ फागुन, काठमाडौ । हाेलीको दिन पारेर ग्लोबल टुरिज्म प्रमोसन काउन्सिल र राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघले लैनचौरस्थित नेपाल स्काउटको ग्राउन्डमा ला टोमाटिना आयोजना गरिएको छ ।
नेपाली संस्कृतिसँगै विदेशी संस्कृतिको आदान प्रदान गर्न मद्दत गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको थियो। नेपाल स्काउट लैनचौरमा आयोजित कार्यक्रममा नेपालका चर्चित कलाकार राजनीतिकर्मी लागएत हजारौंको उपस्थिति रहेको थियो।
स्काउटको ग्राउन्ड लैनचौरमा भएको ला टोमाटिनामा युवायुवतीहरू रमाएका थिए।
ला टोमाटिना युरोपेली मुलुक स्पेनमा लोकप्रिय छ ।
ला टोमाटिनो फेस्टिभल स्पेनमा आयोजना हुने प्रख्यात पर्व हो । ला टोमाटिनाे फेस्टिभल नेपालमा मनाइने होली जस्तै पर्व हो यद्यपी यस फेस्टिभलमा रङ तथा पानीको विकल्पमा पाकेको टमाटर प्रयोग गरिने गरिन्छ ।