Advertisement

ओलम्पिक छनोटअन्तर्गत समूह ‘सी’का खेल नेपालमा हुने

0 47

Advertisement

१४ फागुन, काठमाडौं । फ्रान्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह ‘सी’को पहिलो चरणको खेल नेपालमा हुने भएको छ।

एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल संग (एन्फा)ले जनाएको छ। समूह ‘सी’मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि अब तीन राष्ट्र नेपाल, अफगानिस्तान र भियतनाम सहभागी हुनेछन्।

छनोटको पहिलो चरणका खेलहरू आगामी चैत २० देखि चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुनेछन्।

ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणमा विभिन्न २६ टोली छन्। ती टोलीलाई सात समूहमा विभाजन गरिएको छ। नेपालले ओलम्पिक तयारीस्वरूप भारतसित दुई मैत्रीपूर्ण खेल खेलेको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.