Advertisement

फाल्गुन ७ गते प्रजातन्त्र दिवसको दिन ९ औं कागेश्वरी पर्यटन महोत्सव सम्पन्न

0 119

Advertisement

कागेश्वरी मनोहरालाई गन्तव्यको रुपमा विकास गराउन जरुरी छ :सभामुख

०८ फागुन, काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका स्थित कागेश्वरीधाममा ९ औं कागेश्वरी पर्यटन महोत्सव सम्पन्न भएको छ । कागेश्वरी वडा नं. १ मा पर्ने सो क्षेत्र भौगोलिक रुपमा काठ क्षेत्र रहेको छ । कृषि पेसामा आधारित त्यस क्षेत्रको स्थानीय उत्पादनको प्रर्वद्धन, साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण गरी विश्वभर चिनाउने उद्देश्यले आयोजना गरेको सो महोत्सव ९ वर्षमा प्रवेश गरेको छ ।

उक्त महोत्सवमा संघीय संसदका सभामुख देवराज घिमिरे, बागमति प्रदेशका कृषि तथा पशुपंछी विकास मन्त्री केशव प्रसाद पोखरेल, संविधानसभा सदस्य रामेश्वर फुयाल, कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की लगायतले मन्तव्य राखेका थिए । महोत्सवमा प्रमुख अतिथि समेत रहेका सभामुख  देवराज घिमिरेले महोत्सवलाई  गन्तव्यको रुपमा विकास गराउन सरकारलाई ध्यानाकर्ष गराउनुपर्ने बताए । राज्यको लगानीलाई उचित ढंगबाट सदुपयोग गर्नुपर्ने बताउँदै पर्यटन प्रर्वद्धनमा आवश्यक सहयोग पुर्याउन सरकारलाई ध्यानाकर्षण  गराउन प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै बागमति प्रदेशका कृषि तथा पशुपंछी विकास मन्त्री केशव प्रसाद पोखरेलले कषि पर्यटनलाई प्रोत्साहन दिन सबैलाई आग्रह गरे । बागमति प्रदेश सरकारबाट कृषि क्षेत्रमा आएको समस्या समाधान गर्न हेल्प डेस्क र ट्रोलफ्रि नम्बरको व्यवस्था गरेको बताए । किसानको समस्यालाई मन्त्रालयमार्फत सम्बोधन गर्ने उद्देश्यले हेल्प डेस्कको स्थापना गरेको र कृषिमा लागेका किसान र युवालाई प्रोत्साहन तथा अनुदानको कार्यक्रमलाई तिब्रता दिने बताए ।

संविधान सभा सदस्य तथा पर्यटन महोत्सवको सहजकर्ता रामेश्वर फुयाँलले महोत्सवले ओझेलमा परेको ठाउँको प्रचारप्रसार एवम् सामाजिक सद्भावको विकास हु्ने बताए । उनले कागेश्वरीधाम आफैँमा प्राकृतिक, धार्मिक एवम् सांस्कृतिक विशेषता रहेको बताउँदै मानव निर्मित कागको मूर्तिले थप आकर्षणको केन्द्र बनाएको बताए । बहुसंख्यिक तामाङ समुदाय बसोबास गर्दै आएको त्यस क्षेत्रको वृद्धि विकासको लागि सहयोग पु¥याउन सडक निर्माणदेखि सम्पदाहरुको प्रचारमा राज्यको ध्यान पुग्नुपर्ने बताए । फुयाँयलकै पहलमा लोकतान्त्रिक सहिद उद्द्न पार्क गागलमा विश्वकै ठूलो कागको मूर्ति पनि बनेको छ ।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कागेश्वरी महोत्सवले नगरपालिकाको पहिचानमा मद्दत पु¥याएको बताए । उनले नगरपालिकाको नेतृत्वमा गागलमा तामाङ संग्रहालय निर्माण गरिने बताए । नगरपालिकाभित्र रहेको समुदायको कला, संस्कृति, संस्कार एवम् उत्पादनलाई प्रर्वद्धन गर्न नगरपालिका अग्रसर रहने बताए । कार्यक्रमको अन्त्यमा बोल्दै कागेश्वरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द गजुरेलले पर्यटन महोत्सवले गर्दा कागेश्वरीको थप पहिचान भएको बताए । महोत्सवको ९ औँ वर्षमा प्रवेश गर्दा देश तथा विदेशमा समेत कागेश्वरी नगरभित्रका प्राकृतिक सुन्दर पक्षबारे जानकारी भएको बताए । धार्मिक एवमु प्राकृतिक महत्व बोकेको कागेश्वरीधामलाई थप व्यवस्थित बनाउँदै पर्यटकमैत्री बनाउन स्थानीयको समेत ठूलो भूमिका रहेको बताएका थिए ।

महोत्सवमा ख्याती प्राप्त कलाकारहरु तथा स्थानीय कलाकारहरुले प्रस्तुती दिएको थिए । स्थानीय कला, रीतिरिवाज अनुसार का पहिरन र परिकारहरु समेत प्रर्दशनमा रहेका थिए । स्थानीय क्राँक्रीहरुको नृत्यसंगै तामाङ डम्फूसहित सेलोको प्रस्तुती रहेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.