पाशुपत क्षेत्रमा साधुसन्तको चहलपहल (तस्बिरहरू)
०५ फागुन, काठमाडौं । महाशिवरात्रि नजिकिँदै गर्दा काठमाडौंको पाशुपत क्षेत्रमा साधुसन्तको चहलपहल बढेको छ ।
हरेक वर्षको महाशिवरात्रिको अवसरमा देशका विभिन्न भागसहित विदेशबाट पाशुपत क्षेत्रमा साधुसन्त आएका छन् । फागुन ६ गते मनाइने महाशिवरात्रि पर्वका लागि आएका साधुसन्तहरू बाजागाजासहित मन्दिर प्रवेश गरेका छन् ।
तस्बिरहरू : राजेन्द्र तिवारी/डिजिटल खबर