हवाई सेवा सुरक्षित बनाउन माग राख्दै दायर भएको रिटमा लिखित जवाफ माग

0 47

२५ माघ, काठमाडौं । नेपालमा हवाई सेवा सुरक्षित बनाउनु पर्ने भन्दै दायर भएको रिटमा सर्वोच्च अदालले विपक्षीको नाममा लिखित जवाफ माग गरेको छ।

हवाई सेवा सुरक्षित बनाउने विषयमा अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सर्वोच्चले विपक्षीको नाममा लिखित जवाफ माग गरेको हो। उक्त रिटलाई अग्राधिकारमा समेत राखिएको छ।

हवाई सेवा सुरक्षाका लागि बिद्दमान कानुन, नीति तथा मापदण्डहरुमा आवश्यक संशोधन गरी पाउँ भन्दै रिट परेको थियो। नेपालमा कानुनी, प्राविधिक एवं संरचनागत क्षमताको अभावले अत्यधिक हवाई दुर्घटना हुने गरेको दाबी रिटमा गरिएको छ।

हवाई यातायातलाई सुरक्षित तुल्याउन चाल्नुपर्ने कानुनी, प्राविधिक एवं संरचनागत कदमका सम्बन्धमा विभिन्न आदेश माग गरिएको थियो।

रिटमा विशेषज्ञहरुको उच्चस्तरीय समिति गठन गरी उड्डयन क्षेत्रसँग सम्बन्धित विद्यमान कानुन, नियम, सुरक्षा मापदण्डको समग्र रुपमा पुनरावलोकन गरि विशेषज्ञ समितिको नतिजा एवं सिफारिस बमोजिम हवाई यातायातको सञ्चालनसम्बन्धी विद्यमान कानुन, निति एवं हवाई सुरक्षा मापदण्डहरुको संशोधन एवं परिमार्जन गर्नू भनि परमादेशको माग गरिएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.