Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सभामुख घिमिरे र चिनीयाँ राजदूत सुङबीच भेटवार्ता

0 30

२५ माघ, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेपालका लागि चीनका राजदूत छन् सुङबीच भेटवार्ता भएको छ। सभामुख घिमिरे र राजदूत सुङबीच सिंहदरबारस्थित सभामुखको कार्यालयमा बुधबार भेट भएको हो।

उक्त भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय अनुभव आदान–प्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

यस्तै, राजदूत सुङले जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले सभामुख घिमिरेलाई पठाएको शुभकामना सन्देश हस्तान्तरण गरेका थिए।

Subscribe to our newsletter

त्यस्तै, चिनियाँ राजदूत सुङले सभामुख घिमिरेलाई वरिष्ठ राजनीतिज्ञ रहेको स्मरण गर्दै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा अथक भूमिका निर्वाह गरेको भन्दै सफल कार्यकालको शुभकामना दिएका थिए।

जवाफमा सभामुख घिमिरेले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा चीनले इतिहासदेखि नै देखाउँदै आएको नीतिको सराहना गर्दै ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने र चीनको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई उच्च महत्व दिने उल्लेख गरेको सचिवालयले जनाएको छ।

राजदूत सुङले चिनियाँ नाकाहरुबाट हुने ढुवानी क्षमतामा सुधार भएको जनाउँदै आगामी दिनमा चीनतर्फका ६ वटै नाका क्रमशः खुलाउँदै जानेमा सभामुख घिमिरेलाई विश्वस्त तुल्याएको सभामुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.