एमालेले बनायो भने ‘सम्माननीय कठपुतली राष्ट्रपति’ हुन्छ : गगन थापा

0 26

२५ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले एमालेले बनाएको राष्ट्रपति ‘सम्माननीय कठपुतली राष्ट्रपति’ हुने बताएका छन्। बुधबार आयोजित एक विचार गोष्ठीमा सम्बोधन गर्दै उनले केही समययता राष्ट्रपतिको भूमिकाको चर्चा गर्दै सो निष्कर्ष प्रस्तुत गरेका हुन्।

‘अहिले नेकपा एमालेको नेतृत्वले कार्यकर्तालाई राष्ट्रपति बनायो भने त्यो राष्ट्रपति कस्तो राष्ट्रपति हुन्छ?’, थापाले भने, ‘त्यसलाई ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ। त्यसले के गर्छ? अस्ति केही अभ्यास त भइसक्यो।’

एमालेबाट निर्वाचित राष्ट्रपति भएमा उसले समानान्तर शक्तिको अभ्यास गर्ने थापाको तर्क छ। ‘संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ। त्यसले विस्तारै दुइटा केन्द्र हुन्छ। एउटा बालुवाटार हुन्छ। एउटा शीतल निवास हुन्छ। अनि बालुवाटारबाट कार्यकारी अधिकारको प्रयोग गर्ने ठाउँमा शीतल निवासले पनि कार्यकारी अधिकार प्रयोग गर्छ र त्यो एक ठाउँमा गएर ठोकिन्छ। त्यसले संविधानलाई दुर्घटनामा लिएर जान्छ’, उनले भने।

उनले संविधान दुर्घटनामा पर्ने डरले गर्दा कांग्रेसले राष्ट्रपतिमा आँखा लगाएको बताए। उनले भने, ‘हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौँ। हराएरै छाड्छौँ। कोसिस गर्छौँ। लाग्छौँ लाग्छौँ। स्वाभाविक हो नि त। अस्वाविक हो र? आँखा लगाउलास् भन्नुहुन्छ, आँखै लगाउँछौँ। भोट नै माग्छौँ। फकाउँछौँ। मिलाउने कोसिस गर्छौँ। त्यसलाई मत लिने कोसिस गर्छौँ। हामीले भनेको उम्मेदवारलाई राष्ट्रपति बनाउने कोसिस गर्छौँ।’

उनले राष्ट्रपति को हुने भन्दा पनि संविधानलाई दुर्घटनामा लिएर जाने कि नजाने भन्ने आफूहरुको मनमा डर पसेको बताए। र, त्यो डर हिजोको राष्ट्रपतिको भूमिकाको कारणले गर्दा पसेको उनले बताए। ‘त्यसैले हामी त्यो डरबाट मुक्त हुन चाहन्छौँ’, उनले भने।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.