Advertisement

विद्युत उत्पादन थालेपछि लिवर्टी इनर्जीको खुद नाफा १ करोड १५ लाख माथि

0 49

Advertisement

२५ माघ, काठमाडाैं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको खुद नाफा १ करोड १५ लाख रुपैयाँ माथि पुगेको छ । विद्युत बिक्री सुरु भएसँगै कम्पनीको नाफा बढेको हो । गत आवको सोही अवधिसम्म कम्पनी १ करोड ३९ लाख रुपैयाँ घाटामा थियो ।

सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको विद्युत् बिक्री आय ८ करोड २५ लाख रुपैयाँ छ । गत वर्ष आयोजनबाट विद्युत उत्पादन सुरु भएको थिएन ।

चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको लिवर्टी इनर्जीको रिटेन अर्निङ भने १७ करोड ४६ लाख रुपैयाँ ऋणात्मक छ । पुससम्म आइपुग्दा कम्पनीको वित्तीय खर्च ६ करोड १६ लाख रुपैयाँ छ ।

कम्पनीको प्रति सेयर आम्दानी ७७ पैसा र प्रति सेयर नेटवर्थ ८८ रुपैयाँ ३६ पैसा छ । गत वर्ष इपीएस ०.९३ पैसा ऋणात्मक थियो ।

कम्पनीले लमजुङ्ग जिल्लामा निर्माण गरेको २५ मेगावाट क्षमताको अपर दोर्दी ए जलविद्युथ आयोजनाले १७ मंसिर २०७९ देखि व्यापारिक रुपमा विद्युत उत्पादन थालेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.