Advertisement

मोलुङ्ग हाइड्रोपावरको आईपीओ फागुन ४ गतेदेखि

0 48

Advertisement

२५ माघ, काठमाडाैं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ फागुन ४ गतेदेखि बिक्रीमा आउने भएको छ । कम्पनीले सर्वसाधारणहरुमा २२ लाख ६४ हजार ६५५ कित्ता सेयरको लागि आवेदन खुला गरेको हो ।

कम्पनीले यसघि नै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाहरुलाई सेयर निष्कासन गरी बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० देखि अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिने छ । आईपीओ भर्ने अन्तिम दिन फागुन १० गतेसम्म रहेको छ ।

कम्पनीले जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोषहरुका लागि र ५४ हजार ५७० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले निर्माण गरेको ७ मेगावाट आयोजनाको प्रति मेगावाट लागत ब्याजसहित २० करोड ८० लाखका हिसाबले कुल १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । आयोजनामा गरिएको साधारण लगानी फिर्ता हुन ८.१ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने १९.५ वर्ष रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.