Advertisement

विश्व युद्धतर्फ अघि बढिरहेको आशङ्का

0 26

Advertisement

२५ माघ, न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेन युद्धको बढ्दो सम्भावनाको कारण विश्व “बृहत्तर युद्ध” तर्फ गइरहेको डर देखिएको बताएका छन् । युक्रेनमा रूसी आक्रमणले युक्रेनी जनतालाई अव्यक्त पीडा दिइरहेको छ जसको असर विश्वव्यापीरूपमा देखिएको छ, उनले भने ।

महासचिवले विश्व जटिल युद्धतिर अगाडि बढिरहेको र त्यसलाइ रोक्न संयुक्त राष्ट्रसंघको बडापत्रका आधारभूत मूल्य र मान्यतालाई आत्मासात गर्न आग्रह गरेका छन् ।
पूर्वी युक्रेनका शहरहरू नियन्त्रणका लागि युक्रेनी र रुसी सेनाबीच भीषण लडाइँ चलेको पनि झण्डै एक वर्ष भइसक्यो हालैका हप्ताहरूमा यो युद्ध थप जटिल र तीव्र बन्दै गएको छ।

उनले युक्रेन युद्धका कारण चौतर्फी असर देखिएको र जलवायु प्रकोप, बढ्दो आणविक खतराका कारण विश्वमा जटिल राजनीतिक र आणविक प्रतिस्पर्धा देखिएको टिप्पणी गरेका छन् ।

उनले मानव अधिकारको विश्वव्यापी घोषणाको भएको यस वर्षको ७५ औँ वर्षपुगेको छ र यसले सबै जनताको अपरिहार्य अधिकारको जग “स्वतन्त्रता, न्याय र शान्ति हो” भन्ने मानककारूपमा काम गर्नुपर्ने बताएको एबीसी न्युजले उल्लेख गरेको छ।

विश्वले शान्तिका लागि कडा मेहनत गर्नुपर्छ- गुटेर्रेसले युक्रेनमा मात्र नभई दशकौं पुरानो इजरायल-प्यालेस्टाइन द्वन्द्व “जहाँ दुई-राज्य समाधान दिन प्रतिदिन झन् टाढा हुँदै गइरहेको छ,” भन्दै विश्व राजनीतिको समीक्षा गरेका छन् । यसैगरी उनले अफगानिस्तान, म्यान्मा, हाइटी लगायतका देशमा जारी राजनीतिक सङ्कटतर्फ पनि विश्व समुदायको ध्यान केन्द्रित गरेका छन् ।

महासचिवले सबै देशहरूले विवादको शान्तिपूर्ण समाधानका लागि आह्वान गर्दै द्वन्द्व रोकथाम र मेलमिलापमा ध्यान केन्द्रित गर्ने राष्ट्रसंघको बडापत्रमा पुन: प्रतिबद्ध हुने समय आएको स्मरण गराएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.