Advertisement

राष्ट्र बैंकका सस्थापक गभर्नर राणाको निधन

0 122

Advertisement

२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर राणाको निधन भएको छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए।

हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन्।

पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए।। उनको आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। उनका दुई छोरा र दुई छोरी छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.