Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

डेढ करोडको पार्किङ ठेक्का प्राधिकरणले ६ दिनमै सच्यायो

0 15

२२ माघ, पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सवारीसाधन पार्किङको लागि बोलपत्र आह्वान गरेको ६ दिनमा नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयले संशोधन गरेको छ । गत माघ १५ गते आइतबार प्राधिकरणले ३० दिनको समयसीमा दिएर पार्किङको लागि बोलपत्र खुलाएको थियो ।

तर, शनिबार (२१ गते) प्राधिकरणले परिमार्जित बोलपत्र पुनः प्रकाशन गरेको छ । प्राधिकरणले पहिलो टर्मिनल भवन अगाडिको खुला क्षेत्रमा सवारीसाधन विसान सेवा शुल्क उठाउन भन्दै ठेक्का आह्वान गरेको थियो ।

प्राधिकरणले एक करोड ६२ लाख ३३ हजार रुपैयाँ ठेक अंकमा आह्वान गरेको बोलपत्रमा एउटामात्र शर्त संशोधन गरेर पुनः अर्को सूचना प्रकाशन गरेको हो । गत आइतबार र शनिबार प्रकाशित सूचनामा प्राधिकरणले बोलपत्रको बुँदा नं. ४ को शर्तलाई हेरफेर गरेको छ ।

Subscribe to our newsletter

यो बुँदामा पहिलो सूचनामा, “सवारीसाधन विसान शुल्क उठाउने सेवा सञ्चालको लागि ठेक्का अवधि ५ (पाँच) वर्षको हुनेछ । सो अवधिको न्यूनतम ठेक्का अंक रु एक करोड ६२ लाख ३३ हजार रुपैयाँ (भ्याटसहित) कायम गरिएको छ । साथै, बहाल रकममा हरेक दुई वर्षमा दश प्रतिशतका दरले स्वतः वृद्धि हुनेछ र सोहीअनुरुप कायम हुन आउने थप बहाल रकमसमेत बुझाउनुपर्ने,” उल्लेख गरिएको छ ।

प्राधिकरणले शनिबारको अर्को सूचनामा सोही दश प्रतिशत राजस्व र ठेक्का अवधि घटाएको हो । “…सञ्चालनको ठेक्का अवधि २ (दुई) वर्षको हुनेछ” सूचनामा उल्लेख गरिएको छ । ठेक्का अवधि घटेका कारण प्राधिकरणले दुई वर्षमा १० प्रतिशतले बढ्ने बहाल रकम उल्लेखित वाक्य पनि परिमार्जन गरेको छ ।

पहिलो सूचना निकालेको म्याद रहँदै र प्राधिकरणले एक हप्ता पनि नबित्दै नयाँ सूचना जारी गरेको हो । यसबारेमा बुझ्न खोज्दा विमानस्थलका राजस्व अधिकृत देवराज सुवेदीको फोन उठेन ।

गत पुस १७ गतेदेखि सञ्चालनमा आएको विमानस्थलको सवारी पार्किङको ठेक्का लागिनसकेको अवस्थामा पार्किङ शुल्क भने तेब्बर पुगेको छ । पुरानो क्षेत्रीय विमानस्थलमा पार्किङको ठेक्का पाएको मनोज निर्माण सेवाले नै अन्तर्राष्ट्रिय विमानस्थलमा पनि शुल्क उठाइरहेको छ ।

तर, क्षेत्रीय विमानस्थलको पार्किङको ठेक्का पाए पनि उसले अन्तर्राष्ट्रिय विमानस्थलमा भने बढी शुल्क उठाएको छ । जसको चौतर्फी विरोध पनि भएको छ ।

अहिले विमानस्थलमा पार्किङ गरेवापत मोटरसाइकल, स्कुटर, रिक्सा प्रतिघण्टा ३०, प्रतिदिन १८० रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, कार, जिप, टेम्पो आदि पार्किङ गरेको प्रतिघण्टा ६०, प्रतिदिन ३ ६० रुपैयाँ तिर्नुपर्नेछ ।

पुरानो विमानस्थलमा दुई पांग्रे सवारीसाधनको पार्किङ शुल्क १० रुपैयाँ मात्र थियो । त्यस्तै, हल्का सवारीसाधन मिनी बस, माइक्रो आदि प्रतिघण्टा ८० र प्रतिदिन ४ ८० रुपैयाँ तिर्नुपर्ने उल्लेख छ । गह्रौं सवारी साधनजस्तै बस, ट्रक १२० र प्रतिदिन ७२० रुपैयाँ तिर्नुपर्छ ।

विमानस्थलमा प्रवेश गरेको पनि महँगो पटके पार्किङ शुल्क बुझाउनु परेपछि ट्याक्सी धनीले समेत भाडा बढाएका छन् । यात्रु लिएर विमानस्थल प्रवेश गर्दा नै ६० रुपैयाँ बुझाउनु परेपछि सोहीअनुसार भाडा वृद्धि गर्नु आफूहरुको बाध्यता रहेको ट्याक्सी चालक तर्क गर्छन् ।

नेपाल सरकारबाट ०७८ चैत ३० गते स्वीकृत भएको विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा सवारीसाधनका विसान शुल्कको व्यवस्था गरिएको छ । उक्त नियमावलीको नियम ७ अनुसार, “विमानस्थल प्रमुखले निर्धारण गरेको सवारीसाधन विसान क्षेत्रमा सवारी साधन विसान गरेबापत प्राधिकरणले निर्धारण गरेबमोजिमको सवारीसाधन विकास सेवा शुल्क लाग्नेछ,” उल्लेख गरिएको छ ।

प्राधिकरणले आह्वान गरेको बोलपत्रको शर्त ९ अनुसार स्वीकृत हुने बोलपत्रदाताले असुल्न पाउने सेवाशुल्क बोलपत्र डकुमेन्टमा उल्लेख गरेको जनाएको छ । “स्वीकृत बोलपत्रदाताले असुलउपर गर्न पाउने सवारी विकास सेवाशुल्क बोलपत्र डकुमेन्टमा उल्लेख गरिएको छ” शर्तमा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.