Advertisement

बलात्कारको अभियुक्तलाई कुनै खालको उन्मुक्ति सह्य हुँदैन : पूर्णबहादुर खड्का

0 43

Advertisement

२१ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिममा सहभागी गराउनु गलत भएको बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘बलात्कारको अभियोग वा कुनै पनि अभियोग लागेको ब्यक्तिलाई कुनै पनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुन सक्तैन । सम्बन्धित संस्थाको तत्काल गम्भीर ध्यान जाओस् ।’

लोकप्रिय भएको वा कुनै नाममा उन्मुक्ति दिन नपाइने पनि बताए । ‘कोही नेता लोकप्रिय होलान्, कोही कलाकार लोकप्रिय होलान्, कोहि खेलाडी लोकप्रिय होलान्, यो बेग्लै कुरा हो’ खड्काले भनेका छन् ।

बलात्कारको अभियोग काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेकै बेला क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय टिममा फर्काएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.