Advertisement

सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको अध्यक्ष नेपालको दाबी

0 21

Advertisement

२१ माघ, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र खटपट सुरु भइसकेको दाबी गर्नु भएको छ ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकीर समेत गर्नुभयो । ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा आज (शनिबार)बाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उहाँले वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने हो ? भनि प्रश्न समेत गर्नु भयो ।

संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानुन र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क गर्नु भयो ।

उहाँले रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीलाई सङ्केत गर्दै जनताले उनीहरुको विरोधमा बोल्न थालेको समेत बताउन भयो ।

‘‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्योभन्दा पहिले नै हामीले देखिरहेका छौं–खटपट सुरु भईसकेको छ । यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो ? यसै भन्न सकिने अवस्था छैन । हाम्रो ध्यान अरु कुरामा होइन । देश सही दिशामा अघि बढछ कि बढदैन भन्नेमा छ । संविधानको पालना हुन्छ कि हुँदैन भन्नेमा छ । संसदको रोष्टममा उभिएर संविधानको विरोध गरिएको छ ।,’’ अध्यक्ष नेपालले भन्नुभयो, ‘‘राजतन्त्रको वकालत गरिएको छ ।

नेपाललाई हिन्दु राष्ट्रमा परिणत गर्ने कुरा गरिएको छ । संविधानको उल्लङ्घन गर्ने मान्छेहरु सरकारको जिम्मेवारीमा बसिरहेका छन् भने त्यसले सङ्कटको सन्देश दिन्छ । त्यसैगरी जसले आफैंले संविधान, कानुन र नियमको पालना गर्दैन । आर्दशको उदाहरण प्रस्तुत गर्दैन । त्यस्ताले के दिन्छन जनतामा सन्देश । यी सबै कुराहरुले गर्दा यो सरकारप्रति, अहिलेका मन्त्रीहरुप्रति मान्छे आशावादी हिजो थिए । अहिले निराश हुन थालेका छन । भोट दिएर जिताउनेहरु नै उनीहरुको विरोधमा बोल्न थालेका छन ।’’

अध्यक्ष नेपालले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.