Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन

0 47

२१ माघ, चितवन । उचित मूल्य नपाएपछि चितवनमा कृषकले सडकमा तरकारी फालेर प्रदर्शन गरेका छन् । आयातित तरकारीका कारण घाटा खाएर बिक्री गर्नुपरेको भन्दै कृषकले आज सडकमा तरकारी फालेका हुन् ।

किसान संघर्ष समितिमार्फत नारायणगढको पुलचोकमा तरकारी पोखेर प्रदर्शन गरिएको हो । किसानले घ्युउ सीमी, गोलभेडा, फर्सी, गाजर, काउली, बन्दा लगायतका तरकारी सडकमा फ्याकेर प्रदर्शन गरेका थिए ।

संघर्ष समितिका संयोजक लेखनाथ भुसालले आयात नरोकिँदा चितवनमा उत्पादित तरकारीले उचित मूल्य पाउन नसकेको बताए । जिल्लामा एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिँदै आएपनि भारतीय तरकारीका कारण स्थानीय उत्पादन न्यून मूल्यमा बिक्री गर्नुपरिरहेको बताए ।

Subscribe to our newsletter

“संघीय, प्रादेशिक र स्थानीय सरकारसँग आयात रोक्न आग्रह गरेपनि सुनुवाइ हुन सकेको छैन,” उनले भने ।

चितवनमा दैनिक तीन सय टन तरकारी उत्पादन हुँदै आएको छ । पाँच विघाभन्दा बढी जग्गामा तरकारी खेती गर्ने किसान एक सय जना र एक बिघाभन्दा बढीमा गर्ने झण्डै तीन सय जना रहेको भुसालले जानकारी दिए ।

उत्पादित तरकारी चितवनसहित काठमाडौं, पोखरा, बुटवललगायत सहरमा खपत हुँदै आएको छ ।

“हाम्रो आवाज राज्यले नसुन्दा सडकमा तरकारी फ्याकेर आन्दोलन गर्नुपरेको छ,” तरकारी किसान अविन्द्र सुवेदीले भने । कृषकले पुलचोकस्थित सडकमा पाँच ट्याक्टर तरकारी फ्याँकेर विरोध प्रदर्शन गरेका हुन् । रासस



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.