Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

क्लबको जग्गा व्यक्तिको नाममा हत्याउने मालपोतका नासुसहित ६ जनाविरुद्ध मुद्दा दायर

0 40

२० माघ, काठमाडौं । क्लबको जग्गा व्यक्तिको नाममा ल्याइएको भन्दै ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

आयोगको शुक्रबार मालपोतका कार्यालयका नासुसहित ६ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो।

पर्साको साविक वेल्वा गाविस–८ को कित्ता नम्बर २७० को १ बिगाहा ५ कट्ठा जग्गा युवा स्पोर्टस् क्लबको नाममा रहेकोमा उक्त जग्गा नक्कली धनीपूर्जा बनाएर व्यक्ति विशेषको नाममा लगिएको भन्दै ६ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।

Subscribe to our newsletter

मुद्दा दर्ता गरिएका प्रतिवादीहरुमा भूमि सुधार मालपोत कार्यालयका हालका कार्यालय प्रमुख नासु कमोद तिवारी, तत्कालीन नासुहरु शम्भु साह रौनियार, खरिदार शिवप्रकाश साह तेली, खरिदार रिन्ताकुमारी र नक्कली जग्गाधनी बनेका व्यक्तिहरु शेष सफी अहमद र शेख साजिद एकबालविरुद्ध मुद्दा दर्ता गरेको हो।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.