Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

लागतअनुसार मूल्य नपाएको भन्दै किसानले सडकमै फाले तरकारीलागतअनुसार मूल्य नपाएको भन्दै

0 29

२० माघ, चितवन । आफ्नो बारीमा उत्पादन भएको तरकारी नबिकेको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका छन्। आफूहरुको तरकारीले उत्दानको लागत मूल्य समेत नपाउने र लागत मूल्यअनुसार बिक्रीमूल्य तोक्दा बिक्री नभएको भन्दै चितवनका किसानहरु आन्दोलित बनेका हुन्।

चितवनका किसानहरुले नारायणगढको पुल्चोकस्थित सडकमा तरकारी फालेर विरोध जनाएका हुन्। भारतीय तरकारीको थथाभावी आयातले ‘स्वदेशमै केही गरौं’ भन्ने सोच भएका आफूहरु मारमा परेको किसानको भनाइ छ।

‘नेपाली किसान मार्न पाइँदैन’, ‘विदेशी तरकारी र फलफूल चाहिँदैन’ भन्ने नारा उल्लेखित प्लेकार्ड र ब्यानरसहित आन्दोलनमा उत्रिएका किसानले गोलभेडा, फर्सी, बन्दा, काउली, घिउसिमी लगायतका तरकारी सडकमै फाले।

Subscribe to our newsletter

किसान संघर्ष समितिका संयोजक समेत रहेका किसान लेखानथ भुसालले सरकारले आफूहरुको समस्या नसुनेका कारण तरकारी सडकमा फालेर प्रदर्शन गर्न परिरहेको बताए।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.