Advertisement

ज्ञानेन्द्र कार्की भन्छन्– कांग्रेसले सत्ता खोज्दै हिँड्नु पर्दैन, सत्ता आफैं आउनुपर्छ

0 38

Advertisement

२० माघ, सुनसरी । नेपाली कांग्रेसका नेता एवम् पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दाबी गरेका छन्।

नेता कार्कीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्वीकार्य बनाउन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको तर्क समेत गरे। सुनसरीको हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्‌घाटन कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा राष्ट्रिय सहमति हुन्छ भनेर बालहठ देखाएको जिकिर गर्दै त्यसले मुलुकलाई अघि बढाउन नसक्ने बताए।

‘राष्ट्रपति मैले खडा गरेको व्यक्तिलाई मात्रै भोट दियो भने राष्ट्रिय सहमति हुन्छ भन्नु त्यो बालहठ हो। र, त्यो बालहठले मुलुक अगाडि बढन सक्दैन। र, यो सम्मानित संस्थाको नेतृत्व सर्वस्वीकार्य व्यक्तिले गर्नु पर्नेछ। त्यो व्यक्तित्व नेपाली कांग्रेस भित्र नै छ भन्ने कुरा पनि म यहाँहरुलाई निवेदन गर्न चाहन्छु,’ कार्कीले भने।

नेता कार्कीले नेपाली कांग्रेस अहिले पनि राजनीतिको केन्द्रविन्दुमा रहेको दाबी गर्दै कांग्रेसलाई खोज्दै सत्ता आफैं आउने टिप्पणी गरे।

‘म यहाँबाट भन्न चाहन्छु, नेपाली कांग्रेस पार्टी नेपालको राजनीतिको केन्द्रविन्दुमा छ। नेपाली कांग्रेस पार्टीले सत्ता खोजेर हिँड्नु पर्दैन। नेपाली कांग्रेस पार्टीको अगाडि सत्ता आउनु पर्दछ, आउँछ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.