Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

दुर्घटनामा परेका घनश्याम भुसाल अस्पताल भर्ना

0 20

२० माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल दुर्घटनामा परेका छन्। उनी सवार गाडी डिभाइडरमा ठोक्किएपछि भुसाल घाइते भएका छन्।

शुक्रबार बिहान बबरमहल हुँदै शान्तिनगरस्थित पार्टी कार्यालयतर्फ जानेक्रममा उनी सवार गाडी नयाँ बानेश्वरस्थित सडकमा रहेको डिभाइडरमा ठोक्किएपछि उनलाई सामान्य चोट लागेको छ।

भुसालको निजामती अस्पताल मिनभवनमा उपचार भइरहेको उनीनिकट गौतम राईले जानकारी दिए। भुसालको अवस्था सामान्य रहेको बताइएको छ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.