एक्लै उभिएकी मैनबत्ती तिमी । मायामा ।
सफर पाेखरेल
१८ माघ, काठमाडौं ।
एउटा ठूलो बाटुलो टेबलमा
एक्लै उभिएकी मैनबत्ती
तिमी
बिस्तारै बिस्तारै
जलेर तापले पग्लिरह्यै
म छेउमा बसेर तिमीलाई
एक तमासले हेरिरहेँ
यो चन्द्रमा
उदाउँदै अस्ताउँदै गरिररहँदा
एक दिन
न तिमी हुनेछ्यौ
न म रहनेछु
न त्यो बत्तीको मैन रहनेछ
अलि अलि बाँकी रहेको
धुवाँ पनि
बिस्तारै बिस्तारै हराउनेछ
र बादल बन्नेछ
झरी पर्नेछ
फूलहरू फूल्ने छन्
मौरीहरूले मैन जम्मा पार्नेछन्
कोही आउनेछ
मैन बटुलेर मैनबत्ती बनाउनेछ
तिमी फेरि रूप फेरेर जल्नेछ्यौ
म उस्तै गरी
तिमीलाई पग्लिँदै गरेको हेरिरहनेछु
अदृश्य भएर
। मायामा ।