Advertisement

के तपाई नियमित कफी पिउनुहुन्छ ? यस्ता छन् फाइदा

0 83

Advertisement

१५ माघ, काठमाडौं । सबैको मनमा एउटै सोचाई छ कि हामीले सेवन गर्ने कफी हाम्रो शरीरका लागि हानिकारक हुने गर्दछ । कफीमा एक प्रकारको रसायन हुन्छ जसले दिमागमा असर गर्छ भन्ने मान्यता रहेको छ । तर अध्ययनहरुले कफी सेवन गर्दा बिभिन्न फाईदा हुने कुरालाई उल्लेख गरेका छन् ।

कफी सही मात्रामा सेवन गर्नाले कलेजो सम्बन्धि जटिलता, फ्याटी लिभर र लिभर सिरोसिस जस्ता समस्याहरुको जोखिम कम गर्नका लागि लाभदायक हुने अध्ययनले देखाएको छ । अध्ययन भन्छ– कफी पिउनेहरुमा हृदयघात र मस्तिष्कघात हुने संभावना एकदमै कम हुन्छ । कफीको मात्रा मिलाएर गरेको सेवनले मुटुको स्वास्थ्य , न्युरोजिकल डिस्अर्डर तथा मधुमेहका रोगीहरुलाई समेत फाईदाजनक रहेको छ । जोन्स हप्किन्सको रिपोर्ट अनुसार, महिलाहरूलाई दिनको तीन देखि पाँच कप कफी पिउन सिफारिस गरिएको छ ।

तर यसरी पिउने कफी ४ सय मिलिग्राम क्याफिन भन्दा बढी हुनु हुदैन । तर गर्भवति महिलाहरुले चिकित्सकको सल्लाह लिनु पर्ने उल्लेख छ । कफीको नियमित सेवनले डिप्रेसनका रोगीहरुलाई समेत फाईदा पुग्ने अध्ययनले देखाएको छ । अध्ययनका अनुसार दैनिक रुपमा दुई कप कफी पिउनाले डिप्रेसनको जोखिम ८ प्रतिशतले कम हुने देखाएको छ ।

कफीले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ र चिन्ता विकारहरू कम गर्न पनि फाइदाजनक हुन्छ। त्यस्तै कफी पिउनुका अन्य फाईदाहरु पनि रहेका छन् । जसमा शारीरिक परिश्रम गरेपछि कफी पिउँदा दुखाई कम हुने , शरीरका लागि आवश्यकिय फाइबरको मात्रा प्राप्त हुने , कलेजोको सिरोसिस हुनबाट जोगाउँछ ।

त्यस्तै दैनिक कफी पिउने व्यक्तिमा मधुमेहको जोखिम २२ प्रतिशत कम हुने , अल्जाइमर रोगको जोखिम कम गर्न सहयोग गर्ने , पार्किन्सन सहितका जोखिम कम गर्न सहयोग गर्दछ । त्यस्तै डीएनए समेत बलियो बनाउने अध्ययनको दाबी रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.