Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पर्सामा ट्याक्टरले ठक्कर दिएर एक युवकको मृत्यु

0 25

१४ माघ, वीरगञ्ज । पर्सामा ट्याक्टरले ठक्कर दिएर एक युवकको मृत्यु भएको छ । जगरनाथपुर गाँउपालिका–५ चिलझप्टीका २५ वर्षीय विजय मुखिया विनको मृत्यु भएको हो ।

हुलाकी सडकखण्ड अन्तर्गत जिराभवानी–१ स्थित पवित्रा आयल अगाडि ना ३ त २२८७ नम्बरको ट्याक्टर शुक्रबार साँझ साढे ७ बजे दुर्घटनामा परेको थियो ।

सुवर्णपुरबाट जिराभवानी जाँदै गरेको ट्याक्टरबाट अचानक खसेका विजयलाई बीच भागको ठूलो चक्काले किचेको थियो ।

Subscribe to our newsletter

बेहोस अवस्थामा उद्दार गरी उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पुर्‍याइएको थियो । उपचारको क्रममा चिकित्सकले राति साढे ८ बजे मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

प्रहरीले ट्याक्टर सहित चालक जिराभवानी गाउँपालिकामै बस्ने ४२ वर्षका भोला यादवलाई नियन्त्रणमा लिएर पर्सा प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.