Advertisement

ईयूका मन्त्रीहरूको एकै स्वर– आप्रवासनलाई व्यवस्थित गर्नुपर्छ

0 24

Advertisement

१३ माघ, स्टकहोम । युरोपियन युनियन (ईयू) आबद्ध मन्त्रीहरूले अवैध रुपमा हुने गरेको आप्रवासनलाई व्यवस्थित गर्नुपर्ने बताएका छन्।

उनीहरूले युरोपका देशहरूमा अन्य देशबाट आएका आप्रवासीहरुको अवस्था निकै अव्यवस्थित रहेकाले यस विषयमा सोच्नुपर्ने बताएका हुन्। स्टकहोममा भएको ईयूका गृह तथा न्याय मन्त्रीहरूको बैठकमा सो विषयमा छलफल भएको बताइएको छ।

उनीहरूले विभिन्न समस्याका कारण अन्य देशहरुबाट ईयूका देशमा आप्रवासीहरू छिर्ने गरेका र उनीहरू निकै असुरक्षित रुपमा छिर्ने गरेका पनि देखिएकाले ती नागरिकको सुरक्षा तथा सुरक्षित रुपमा स्वदेश फिर्ताका लागि पहल हुनुपर्नेमा जोड दिएका हुन्।

उनीहरू युरोप छिर्ने र यी देशहरूमा शरण माग्ने गरेका र उनीहरुलाई अफ्ना देशमा फिर्ता गर्नका लागि विभिन्न खालका समस्या रहेका पनि मन्त्रीहरूले बताएका छन्। यसका लागि युरोपका देशहरु तयार भएपनि उनीहरुलाई शरण दिने र यहाँका देशमा बसोबासका लागि आवश्यक मात्रामा सहयोग गर्ने काम निकै नै चुनौतीपूर्ण देखिएको ती मन्त्रीहरूको निष्कर्ष थियो।

सो बैठकमा ती नागरिकमध्ये धेरैजसो शरणार्थीका रुपमा युरोपेली देशहरूमा प्रवेश गर्ने गरेकाले उनीहरुका सम्बन्धित देशका साथै युरोपका सबै देशले आपसमा समन्वय गर्नुपर्ने पनि सो बैठकमा सहमति भएको थियो। पछिल्ला वर्षहरू तेस्रो देशमा जारी विभिन्न समस्या एवं युद्धका कारण शरणार्थीका रुपमा युरोप छिर्ने व्यक्तिहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.